मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोधमा ध्यानाकर्षण पत्र .

7 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत ९ गते ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक हमला प्रति महिला पुनस्र्थापना केन्द्र ओरेकको गम्भीर ध्यानाकर्षण भएको छ । वैदेशिक रोजगारीका लागि आवश्यक रकम माइतीबाट दाइजो स्वरूप नल्याएको रिसमा पीडकले सहानीको हातखुट्टा बाँधेर बाँया खुट्टा धारिलो हतियारले काटिदिएका छन् ।
मधेश प्रदेशमा यसरी सानो निहुँमा महिलाको हत्या गर्ने अथवा मरणासन्न हुने गरी कुटपिट गर्ने क्रम अत्यन्तै बढिरहेको छ । गत एक महिनामा मात्रै महोत्तरी जिल्लामा ३ जना, बारा जिल्लामा २ जना र सर्लाही जिल्लामा २ जना गरी ७ जना महिलाको क्रुरतापुर्वक हत्या गरिएको थियो । यसरी भएका हत्यामा २ जना महिलाका श्रीमान नै संलग्न भएका छन् भने अन्य घटनामा आफन्त र छिमेकी समेत रहेका छन् । दाइजो कम ल्याएको अथवा थप दाइजो वापतको रकम÷सामान प्रदान नगरेको निहुँमा परिवारको सदस्यबाट ३ वटा हत्या भएका छन् । सर्लाही जिल्लामा बोक्सीको आरोपमा ६ जना छिमेकीको संलग्नतामा एउटी महिलाको हत्या गरिएको थियो । त्यस्तै सर्लाहीमै एकजना महिलालाई उनका छोराले वडा अध्यक्षको छोरी बिहे गरेको निहुँमा वडा अध्यक्षका परिवार तथा आफन्त मिलेर निर्घात कुटपिट गरेका थिए । जुन घटनाको उजुरी लिन प्रहरीले समेत मानेको थिएन ।
यी घटनाक्रम हेर्दा महिला माथिको आक्रमण दैनिक रुपमा बढिरहेको देखिन्छ । ओरेकसँग आएका घटना मात्रै हेर्ने हो भने पनि गत एक महिनामा मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बाराबाट ४१ वटा घटना दर्ता भएका छन् । जसमा महिलाले महिला भएकै कारणले निर्घात कुटपिट सहनुका साथै मर्नु पर्ने अवस्थामा पुगेका छन् । यसरी भएका घटनाहरुले महिलाको सुरक्षा अवस्था मधेशमा गम्भीर रहेको देखाउँछ । यो घटना केवल एउटा व्यक्ति माथि गरिएको अपराध मात्र नभई हाम्रो समाजमा जरो गाडेर बसेको पितृसत्तात्मक सोच, अहंकार, महिलाको शरिर माथिको नियन्त्रण, महिलालाई वस्तुको रुपमा प्रयोग गर्न खोज्नु र महिलाको अस्तित्व माथिको निकृष्ट प्रहार हो । हाम्रो समाजमा अझै पनि गहिरो रूपमा व्याप्त पितृसत्तात्मक मानसिकताले महिलाको शरीरलाई पुरुषको ‘शक्ति प्रदर्शन’ ‘बदला लिन सकिने’ ‘रिस पोख्ने’ माध्यम र मनोरञ्जनको साधनका रूपमा हेर्ने गर्दछ । यसले गर्दा सम्पुर्ण समाजको सुरक्षा, न्याय व्यवस्था र मानवीय संवेदनशीलता माथि गम्भिर प्रश्न खडा गर्छ ।
देशमा भएका कानुन घरेलु हिंसा पछि महिला हत्याको तथ्यांकले राज्यको सुरक्षा संयन्त्र, घरेलु हिंसा सम्बन्धी बनेका ऐन, कानुन र न्याय प्रणाली माथि गम्भीर प्रश्न उठाएको छ । अधिकांश घटनामा राजनीतिक पहुँच र शक्ति संरचनाका कारण अपराधीहरूले उन्मुक्ति पाउने वा सजायमा छुट पाउने प्रवृत्तिले गर्दा अपराधीहरूको मनोबल उच्च भएको छ । यो प्रवृत्तिले न्याय खोजिरहेका पीडित तथा प्रभावितको परिवारलाई झनै मानसिक र सामाजिक पीडा थप्ने कार्य गरेको छ ।
पर्साको यस घटनाका आरोपी विश्वराज सहानी अहिलेसम्म फरार रहेका छन्, प्रहरीले खोजी गरिरहेको बताएको छ । तसर्थ महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले यस्ता हिंसात्मक अपराधहरुको घोर भत्सर्ना गर्दै अपराधीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दछ र आगामी दिनमा यस्ता घटना न्यूनीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकार सबैको तर्फबाट कडा भन्दा कडा रुपमा कानुनी कारवाहीको माग गरिएको छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..