२ अर्ब लागतमा बन्ने पाँचतारे होटलको भूमि पूजन सम्पन्न

4 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम
बैसाख २१ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिथिला हस्पिटालिटीले पाँचतारे होटल निर्माणका लागि भूमि पूजन गरेको छ । करिब २ अर्ब रुपैयाँको लागतमा १२४ कोठाको सुविधायुक्त होटल निर्माणका लागि सोमबार जनकपुरधाममा भूमि पूजन गरिएको हो । मिथिला हस्पिटालिटीद्वरा बन्न लागेको उक्त होटल निर्माणको काम अब द्रुत गतिमा अगाडि बढ्ने र ३ वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने मिथिला हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले बताए ।

उनले जनकपुरलाई ‘वेडिङ डेस्टिनेसन’ (विवाह गन्तव्य) का रूपमा विकास गर्न यो होटलले महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे । जनकपुर उपमहानगरपालिका–१४, मुजेलियामा बन्ने यो होटल अन्तर्राष्ट्रिय स्तरको र आधुनिक सुविधाहरूले सुसज्जित हुनेछ । शिलान्यासमा सहभागी प्रतिनिधिसभा सदस्य समेत रहेका रास्वपाका नेता मनिष झाले जनकपुरमा पहिलो पाँचतारे होटल बन्नु सुखद भएको बताए । उनले यस क्षेत्रमा हुने लगानीको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय र सरोकारवालाको भएको बताउँदै लगानीकर्तालाई ‘चन्दादाता’ का रूपमा नभई ‘विकासका साझेदार’ का रूपमा हेर्नुपर्नेमा जोड दिए । झाले जनकपुरको पर्यटन प्रवद्र्धनका लागि बुध्द एयरले जनकपुर–अयोध्या उडानको तयारी गरिरहेको समेत जानकारी दिए ।
चितवनमा ‘रोयल टुलिप’ सञ्चालन गरिरहेका व्यवसायी साहले अन्य तीन जना लगानीकर्तासँगको साझेदारीमा यो होटल बनाउन लागेका हुन् । यस परियोजनामा साहका साथै ऊर्जा व्यवसायी काजी लामा, सुदीप चौधरी, ऊर्जाविद् उदयकान्त झा र नबिल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुङ्गानाको लगानी रहनेछ । भूमि पूजन कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले २ अर्बको लागतमा बन्ने यो परियोजना जनकपुरकै गौरवको विषय भएको बताए । त्यस्तै, व्यवसायी उपेन्द्र महतोले जनकपुरको जुन विशेषता छ, त्यो विश्वका कुनै पनि देशले खर्बौँ डलर खर्च गरेर पनि बनाउन नसक्ने भन्दै यहाँ बन्ने पर्यटकीय संरचनाले यसको महत्त्व अझ बढाउने उल्लेख गरे ।

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

6 घन्टा पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

6 घन्टा पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

17 घन्टा पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

22 घन्टा पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

23 घन्टा पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

6 दिन पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..

18 दिन पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..

22 दिन पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

23 दिन पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

24 दिन पहिले

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, ..

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, उपभोक्ता पर बढ़त दबाव १ साउन, काठमांडू। नव आर्थिक वर्षक श..

1 महीना पहिले

महोत्तरीमा २३ लाखभन्दा बढीका अवैध सामग्री नियन्त्रणमा

जनकपुरधाम असार ३२ गते । महोत्तरीमा सुरक्षा निकायको संयुक्त कारबाहीका क्रममा रु. २३ लाख ४४ हजार बराबरका अवैध सामग..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..