२ अर्ब लागतमा बन्ने पाँचतारे होटलको भूमि पूजन सम्पन्न

6 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम
बैसाख २१ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिथिला हस्पिटालिटीले पाँचतारे होटल निर्माणका लागि भूमि पूजन गरेको छ । करिब २ अर्ब रुपैयाँको लागतमा १२४ कोठाको सुविधायुक्त होटल निर्माणका लागि सोमबार जनकपुरधाममा भूमि पूजन गरिएको हो । मिथिला हस्पिटालिटीद्वरा बन्न लागेको उक्त होटल निर्माणको काम अब द्रुत गतिमा अगाडि बढ्ने र ३ वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने मिथिला हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले बताए ।

उनले जनकपुरलाई ‘वेडिङ डेस्टिनेसन’ (विवाह गन्तव्य) का रूपमा विकास गर्न यो होटलले महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे । जनकपुर उपमहानगरपालिका–१४, मुजेलियामा बन्ने यो होटल अन्तर्राष्ट्रिय स्तरको र आधुनिक सुविधाहरूले सुसज्जित हुनेछ । शिलान्यासमा सहभागी प्रतिनिधिसभा सदस्य समेत रहेका रास्वपाका नेता मनिष झाले जनकपुरमा पहिलो पाँचतारे होटल बन्नु सुखद भएको बताए । उनले यस क्षेत्रमा हुने लगानीको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय र सरोकारवालाको भएको बताउँदै लगानीकर्तालाई ‘चन्दादाता’ का रूपमा नभई ‘विकासका साझेदार’ का रूपमा हेर्नुपर्नेमा जोड दिए । झाले जनकपुरको पर्यटन प्रवद्र्धनका लागि बुध्द एयरले जनकपुर–अयोध्या उडानको तयारी गरिरहेको समेत जानकारी दिए ।
चितवनमा ‘रोयल टुलिप’ सञ्चालन गरिरहेका व्यवसायी साहले अन्य तीन जना लगानीकर्तासँगको साझेदारीमा यो होटल बनाउन लागेका हुन् । यस परियोजनामा साहका साथै ऊर्जा व्यवसायी काजी लामा, सुदीप चौधरी, ऊर्जाविद् उदयकान्त झा र नबिल बैंकका पूर्व सीईओ ज्ञानेन्द्र ढुङ्गानाको लगानी रहनेछ । भूमि पूजन कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले २ अर्बको लागतमा बन्ने यो परियोजना जनकपुरकै गौरवको विषय भएको बताए । त्यस्तै, व्यवसायी उपेन्द्र महतोले जनकपुरको जुन विशेषता छ, त्यो विश्वका कुनै पनि देशले खर्बौँ डलर खर्च गरेर पनि बनाउन नसक्ने भन्दै यहाँ बन्ने पर्यटकीय संरचनाले यसको महत्त्व अझ बढाउने उल्लेख गरे ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

2 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

2 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

3 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

3 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

3 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

3 महीना पहिले