मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्थापनामा चुनौती
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनालाई प्रभावकारी बनाउन छुट्टै राहत कोष स्थापना गर्न सरोकारवाला निकायहरूले प्रदेश सरकारसँग माग गरेका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित ‘लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति र लैंगिक हिंसा राहत कोषको उपयोग’ विषयक नीतिगत संवाद कार्यक्रममा सहभागीहरूले हिंसापीडितको व्यवस्थापनमा आर्थिक तथा संरचनागत समस्या रहेको बताउदै राहत कोषको आवश्यकता औंल्याएका हुन् ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिब सुशिल साह तेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै ओरेक नेपाल धनुषाकी प्रमुख विणा सिंहले घरेलु तथा अन्य प्रकारका हिंसाबाट प्रभावित महिलाको उद्धारपछि उनीहरूको सुरक्षित व्यवस्थापन र पुनस्र्थापनामा कठिनाइ भइरहेको बताउनु भयो । उहाँले यस्तो समस्या समाधानका लागि प्रदेश सरकार तथा स्थानीय तहले संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि राष्टिय माव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनीले बजेटलाई सदुपयोग नभए सम्म यस्ता समस्याहरुको समाधान नहुने बताउनु भयो । बजेटमा कर्मचारीको तदब बृद्धि, नेताहरुको आर्थिक व्यवस्थापनमा ध्यान दिएपनि पिडित तथा आम नागरिकको जीवनस्तर उकास्ने गरी इमानदारिताका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । अर्का विशिष्ठ अतिथि धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले लैंगिक हिंसा अन्त्यका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताउँदै अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश समन्वय अधिकृत संजीव कुमार महतोले अन्य प्रदेशमा लैंगिक हिंसा निवारण कोष सञ्चालनमा आइसके पनि मधेशमा अझै स्थापना हुन नसकेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारलाई पटक–पटक आग्रह गरिए पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्दै सरकारको अस्थिरताले प्रक्रिया प्रभावित भएको बताउनु भयो ।
सो कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनु कुमार साहले पछिल्ला पाँच वर्षमा डिजिटल प्लेटफर्ममार्फत हुने लैंगिक हिंसाका घटना उल्लेखनीय रूपमा बढेको बताउनुभयो । उहाँले अनलाइन माध्यमबाट हुने हिंसाप्रति विशेष सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा केयर नेपालको सहयोग तथा खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वयमा सञ्चालित ‘साहस परियोजना’ अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकामा भइरहेका गतिविधिबारे केयर नेपालकी कार्यक्रम व्यवस्थापक लक्ष्मी अर्यालले जानकारी गराउनुभयो । समग्र जनउत्थान केन्द्र, लहानका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक अनिता चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने परियोजना संयोजक देवकुमार महतोले लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिबारे प्रस्तुतिकरण गर्नुभएकोथियो ।
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
2 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
2 दिन पहिले
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..
2 दिन पहिले
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
2 दिन पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
2 दिन पहिले
सतकबीर रसिक जीक आयोजनामे १५१म मासिक कविगोष्ठी जनकपुरमे ..
जनकपुरधाम, २० भदौ । विगत एक सय ५१ महिना सँ अनवरत रुपमे संचालित मासिक कवि गोष्ठी शनिदिन सेहो जनकपुरधाममे सम्पन्न भे..
2 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
6 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
1 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
4 महीना पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
4 महीना पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..