मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्थापनामा चुनौती

5 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनालाई प्रभावकारी बनाउन छुट्टै राहत कोष स्थापना गर्न सरोकारवाला निकायहरूले प्रदेश सरकारसँग माग गरेका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित ‘लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति र लैंगिक हिंसा राहत कोषको उपयोग’ विषयक नीतिगत संवाद कार्यक्रममा सहभागीहरूले हिंसापीडितको व्यवस्थापनमा आर्थिक तथा संरचनागत समस्या रहेको बताउदै राहत कोषको आवश्यकता औंल्याएका हुन् ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिब सुशिल साह तेलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै ओरेक नेपाल धनुषाकी प्रमुख विणा सिंहले घरेलु तथा अन्य प्रकारका हिंसाबाट प्रभावित महिलाको उद्धारपछि उनीहरूको सुरक्षित व्यवस्थापन र पुनस्र्थापनामा कठिनाइ भइरहेको बताउनु भयो । उहाँले यस्तो समस्या समाधानका लागि प्रदेश सरकार तथा स्थानीय तहले संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि राष्टिय माव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनीले बजेटलाई सदुपयोग नभए सम्म यस्ता समस्याहरुको समाधान नहुने बताउनु भयो । बजेटमा कर्मचारीको तदब बृद्धि, नेताहरुको आर्थिक व्यवस्थापनमा ध्यान दिएपनि पिडित तथा आम नागरिकको जीवनस्तर उकास्ने गरी इमानदारिताका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । अर्का विशिष्ठ अतिथि धनगढीमाई नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले लैंगिक हिंसा अन्त्यका लागि स्थानीय तह प्रतिबद्ध रहेको बताउँदै अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा मधेश प्रदेश समन्वय अधिकृत संजीव कुमार महतोले अन्य प्रदेशमा लैंगिक हिंसा निवारण कोष सञ्चालनमा आइसके पनि मधेशमा अझै स्थापना हुन नसकेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारलाई पटक–पटक आग्रह गरिए पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्दै सरकारको अस्थिरताले प्रक्रिया प्रभावित भएको बताउनु भयो ।
सो कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनु कुमार साहले पछिल्ला पाँच वर्षमा डिजिटल प्लेटफर्ममार्फत हुने लैंगिक हिंसाका घटना उल्लेखनीय रूपमा बढेको बताउनुभयो । उहाँले अनलाइन माध्यमबाट हुने हिंसाप्रति विशेष सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा केयर नेपालको सहयोग तथा खेलकुद तथा समाज कल्याण मन्त्रालयको समन्वयमा सञ्चालित ‘साहस परियोजना’ अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकामा भइरहेका गतिविधिबारे केयर नेपालकी कार्यक्रम व्यवस्थापक लक्ष्मी अर्यालले जानकारी गराउनुभयो । समग्र जनउत्थान केन्द्र, लहानका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक अनिता चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने परियोजना संयोजक देवकुमार महतोले लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिबारे प्रस्तुतिकरण गर्नुभएकोथियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

24 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

1 महीना पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

1 महीना पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

1 महीना पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

2 महीना पहिले