धनुषाका तीन विद्यालयमा प्रहरीको साइबर सुरक्षा अभियान, बालविवाह न्यूनीकरणमा जोड

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,
असार २ गते
पछिल्लो समय बढ्दो साइबर अपराध र बालविवाहका चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले तीनवटा विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समुदाय–प्रहरी साझेदारी तथा विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत आयोजित अभियानमा सयौँ विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरू सहभागी भएका थिए । बिदेह नगरपालिका–२ स्थित शंकर जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० का ५४ जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषाका प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्की र प्रहरी नायब निरीक्षक गीता कार्कीले प्रशिक्षण दिँदै साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय तथा डिजिटल सुरक्षाका आधारभूत पक्षबारे जानकारी गराएका थिए। कार्यक्रममा बालविवाहका कानुनी तथा सामाजिक असरबारे समेत चर्चा गरिएको थियो।
त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–८ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा आयोजित अर्को कार्यक्रममा करिब ५० देखि ६० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक कार्कीले साइबर अपराधका जोखिम, फेक आइडी, ह्याकिङ, गोपनीयता सुरक्षा तथा अनलाइन माध्यमको जिम्मेवार प्रयोगबारे प्रशिक्षण दिएका थिए। सहभागीहरूले राखेका विभिन्न जिज्ञासाको समेत समाधान गरिएको थियो ।
उता, मिथिला नगरपालिका–६ ढल्केबरस्थित महेन्द्र माध्यमिक विद्यालयमा पनि साइबर अपराध विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी नायब निरीक्षक उज्वल अधिकारीले सहजीकरण गरेको कार्यक्रममा करिब ५० देखि ६० जना शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरू सहभागी भएका थिए ।
कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, फेक आइडी, ह्याकिङ तथा व्यक्तिगत गोपनीयताको सुरक्षासम्बन्धी विषयमा जानकारी दिइएको थियो। सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना बढ्दै गइरहेकाले डिजिटल माध्यम प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विद्यालयस्तरमै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरूमा कानुनी, सामाजिक तथा डिजिटल चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ। प्रहरीको विश्वास छ कि यस्ता अभियानले सुरक्षित र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..