जेठ महिनामा धनुषामा १ सय ५२ अपराध दर्ता, ६९ फरार प्रतिवादी पक्राउ १५ लाख ७५ हजार रुपैयाँ बराबरको रकम फिर्ता

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार २ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ महिनाभर सम्पादन गरेका गतिविधिको विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार जेठ महिनामा जिल्लाभर कुल १ सय ५२ वटा अपराधका घटना दर्ता भएका छन् । दर्ता भएका घटनामध्ये ज्यान सम्बन्धी ५, आत्महत्या १७, चोरी सम्बन्धी १४, संगठित तथा आर्थिक अपराध २६, सामाजिक अपराध २७, महिला तथा बालबालिकासम्बन्धी १०, सवारीसम्बन्धी ९ तथा अन्य ४४ वटा मुद्दा रहेका छन् । यस अवधिमा ६९ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । यस्तै, सार्वजनिक चासोका ८९ वटा पेन्डिङ मुद्दामध्ये ५६ वटा फछ्र्योट गरिएको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनतर्फ ९८ जना पक्राउ परेका छन् भने उनीहरूबाट ४६ वर्ष ४ महिना कैद सजाय तथा ८ लाख २७ हजार ४ सय २ रुपैयाँ जरिवाना असुल गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जेठ महिनामा ९६ वटा उजुरी दर्ता भएका छन् ।

उजुरीमध्ये अधिकांश १९ देखि ४० वर्ष उमेर समूहका पीडितसँग सम्बन्धित रहेका छन् । घरेलु हिंसासम्बन्धी मात्रै ९६ वटा उजुरी परेकामा ४५ वटा मिलापत्र र ५१ वटा अदालतमा पठाइएको प्रहरीले जनाएको छ । हराएका तथा फेला परेका व्यक्तिको तथ्यांकअनुसार महिला २४ जना, पुरुष ४ जना, बालक २ जना बालिका २९ जना गरी टज्ञ जना हराएकोमा महिला १, पुरुष १ तथा बालिका ५ गरी ७ जना मात्र फेला गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो ।
लागुऔषध नियन्त्रणतर्फ ११ वटा मुद्दा दर्ता गर्दै प्रहरीले २५ ग्राम गाँजा, ७० दशमलव ३७ ग्राम ब्राउन सुगर तथा विभिन्न प्रकारका हजारौं ट्याब्लेट र औषधिजन्य लागू पदार्थ बरामद गरेको छ । आत्महत्यासम्बन्धी १६ घटना दर्ता भएका छन्। तीमध्ये अधिकांश १६ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेको तथ्यांकले देखाएको छ ।

प्रहरीका अनुसार जेठ महिनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागूऔषध, बैंकिङ कसूर तथा साइबर अपराधलगायतका ३३ वटा मुख्य अपराधका घटनाको अनुसन्धान गरिएको थियो । अपराध न्यूनीकरणका लागि प्रहरीले नियमित गस्ती, चेकजाँच, भारतीय सुरक्षा निकायसँग समन्वय तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । समुदाय केन्द्रित ५६ वटा कार्यक्रम सञ्चालन गरी १ हजार ५ सय ५५ जना लाभान्वित भएका छन ्। लागूऔषध, आत्महत्या, महिला हिंसा, बालविवाह, साइबर अपराध, ट्राफिक सचेतना तथा अन्य विषयमा कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालय केन्द्रित कार्यक्रममार्फत पनि विद्यार्थीहरूलाई साइबर अपराध, बालविवाह, लागूऔषध दुव्र्यसन, लैंगिक हिंसा तथा मानव बेचबिखनजस्ता विषयमा सचेतना प्रदान गरिएको प्रहरीको भनाइ छ ।
जेठ महिनामा जिल्लाभर ७ हजार ४ सय ३२ वटा विभिन्न प्रकारका प्रहरी ड्युटी सञ्चालन गरिएको थियो, जसमा २५ हजार ९ सय ८४ जना प्रहरी जनशक्ति परिचालन गरिएको विवरणमा उल्लेख छ । नागरिक सहायता कक्षमार्फत ४ हजार ३ सय ३४ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ भने नागरिकता लगायतका प्रयोजनका लागि ५ सय ९४ वटा मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध मदिरा नियन्त्रण, प्राकृतिक स्रोत दोहन नियन्त्रण, वन पैदावार तथा पशुपक्षी चोरी–पैठारी नियन्त्रणमा समेत विभिन्न उपलब्धि हासिल गरेको जनाएको छ । अनुचित लेनदेनसम्बन्धी ९ वटा निवेदन मिलापत्रमार्फत टुंग्याउँदै १५ लाख ७५ हजार रुपैयाँ बराबरको रकम फिर्ता गराइएको समेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार अपराध नियन्त्रणसँगै समुदायसँगको सम्बन्ध सुदृढ बनाउन जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..