मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाको भूमिका विषयक छलफल सम्पन्न

4 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार ४ गते ।
मानव अधिकारका लागि महिला एकल महिला समूह धनुषाको आयोजनामा तथा कुर्वे उस्त्रोको सहयोगमा “मानव अधिकार संस्कृतिको विकासमा नागरिक समाज र युवाहरूको भूमिका” विषयक छलफल कार्यक्रम बिहिबार जनकपुरधाममा सम्पन्न भएको छ । समूहकी धनुषा अध्यक्ष सुभद्रा आलेको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले मानव अधिकारको संरक्षणका लागि संस्कार र नैतिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले बालबालिकालाई सानैदेखि नैतिक शिक्षा, अनुशासन, ठूलाबडाप्रति सम्मान तथा सदाचारका व्यवहार सिकाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । विद्यालयमा नैतिक शिक्षालाई अनिवार्य रूपमा लागू गर्नुपर्ने तथा परिवार र विद्यालय दुवैले बालबालिकाको चरित्र निर्माणमा सक्रिय भूमिका खेल्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विद्यालय, सामाजिक सञ्जाल, अनलाइन गेम तथा अन्य सामाजिक गतिविधिहरूले बालबालिकाको विकासमा प्रभाव पारिरहेको उल्लेख गर्दै विद्यालय वा समाजमा हुने दुव्र्यवहार तथा यौन दुव्र्यवहारका घटनाहरू लुकाउन नहुने बताउनुभयो । त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले मानव अधिकार संरक्षणका लागि शिक्षा, संस्कार, संस्कृति र सभ्यताको विकास अपरिहार्य रहेको बताउनुभयो । मानव अधिकारको रक्षा कानुनले मात्र नभई व्यक्तिको आचरण, विनम्रता तथा पारिवारिक संस्कारबाट पनि हुने उहाँको भनाइ थियो ।
नगर प्रमुख साहले जनकपुरधामको विकासमा जग्गा व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गर्दै विकास निर्माणका कार्यमा कानुनी प्रक्रिया र सुशासनको पालना आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा प्याब्सनका पूर्व जिल्ला अध्यक्ष तथा शिक्षा अभियन्ता विश्वलाल सिंहले मानव अधिकार संस्कृतिको विकास समाजको प्रगति र सकारात्मक परिवर्तनका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले संस्कृति संरक्षणसँगै समयानुकूल सकारात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै परिवार, महिला–पुरुषबीचको सम्मान, मर्यादा र समान अधिकारको महत्वमाथि प्रकाश पार्नुभयो ।
छलफल कार्यक्रममा धनुषाका प्रहरी उपरिक्षक रुपेश खड्का, जिल्ला समन्वय समिति धनुषाकी उपसभापति संगीता ठाकुर, एडभोकेसी फोरमका प्रदेश अध्यक्ष राजकुमार महासेठ, एन–प्याब्सन धनुषाका अध्यक्ष आशिष झा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साह, वडा नं. ४ का अध्यक्ष सुरेश झा, युवा, विद्यार्थी तथा एकल महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मानव अधिकारका लागि महिला एकल महिला समूहकी मधेश प्रदेश अधिकृत आरती मण्डलले गर्नुभएको थियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..