सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण

4 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम,
असार १९ गते
सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा दैनिक उपभोगका आवश्यक सामग्री शुक्रबार हस्तान्तरण गरेको छ । समाजका ज्येष्ठ नागरिकको संरक्षण, सम्मान र सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बैंकले करिब २७ हजार रुपैयाँ बराबरका सामग्री प्रदान गरेको जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी वृद्धाश्रममा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरूले वृद्धाश्रमका पदाधिकारीलाई विभिन्न आवश्यक सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। बैंकका डिपोजिट मार्केटिङ हेड कृष्णकुमार ठाकुरका अनुसार वृद्धाश्रमलाई ८ थान सिलिङ फ्यान, १८ थान सारी, २ कार्टुन फ्रुटी, सोयाबिन, चना, बिस्कुटलगायत खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो । ती सामग्रीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्कीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले समाजका विभिन्न क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । समाजका ज्येष्ठ नागरिक, विपन्न तथा सहयोगको आवश्यकता भएका समुदायलाई साथ दिनु बैंकको सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

त्यसैगरी, सो बैँकका जनकपुरधाम शाखा प्रमुख अभय ठाकुरले सामाजिक उत्तरदायित्वका कार्यक्रमले बैंक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो । समाजका विभिन्न वर्गसँग सहकार्य गर्दै आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने कार्यलाई बैंकले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
जानकी वृद्धाश्रमका लेखापाल रमेश मिश्रले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक आवश्यकताको व्यवस्थापनमा यस्ता सहयोगले सहजता ल्याउने उहाँले उल्लेख गर्नुभयो। निजी क्षेत्रबाट प्राप्त हुने सामाजिक सहयोगले सेवा विस्तार र व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, वातावरण संरक्षण तथा विपन्न समुदायको हितमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बैंकका कर्मचारी रोशन झा, मेनका सिंहलगायतको उपस्थिति रहेको थियो । सिटिजन बैंकले समय–समयमा देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जनकपुरधाममा गरिएको यो सहयोग पनि समाजप्रति बैंकको उत्तरदायी भूमिकाको एक उदाहरणका रूपमा हेरिएको छ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

2 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

2 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

3 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

3 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

3 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

3 महीना पहिले