सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण
1 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
असार १९ गते
सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा दैनिक उपभोगका आवश्यक सामग्री शुक्रबार हस्तान्तरण गरेको छ । समाजका ज्येष्ठ नागरिकको संरक्षण, सम्मान र सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बैंकले करिब २७ हजार रुपैयाँ बराबरका सामग्री प्रदान गरेको जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी वृद्धाश्रममा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरूले वृद्धाश्रमका पदाधिकारीलाई विभिन्न आवश्यक सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। बैंकका डिपोजिट मार्केटिङ हेड कृष्णकुमार ठाकुरका अनुसार वृद्धाश्रमलाई ८ थान सिलिङ फ्यान, १८ थान सारी, २ कार्टुन फ्रुटी, सोयाबिन, चना, बिस्कुटलगायत खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो । ती सामग्रीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्कीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले समाजका विभिन्न क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । समाजका ज्येष्ठ नागरिक, विपन्न तथा सहयोगको आवश्यकता भएका समुदायलाई साथ दिनु बैंकको सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
त्यसैगरी, सो बैँकका जनकपुरधाम शाखा प्रमुख अभय ठाकुरले सामाजिक उत्तरदायित्वका कार्यक्रमले बैंक र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो । समाजका विभिन्न वर्गसँग सहकार्य गर्दै आवश्यकता अनुसार सहयोग उपलब्ध गराउने कार्यलाई बैंकले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
जानकी वृद्धाश्रमका लेखापाल रमेश मिश्रले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक आवश्यकताको व्यवस्थापनमा यस्ता सहयोगले सहजता ल्याउने उहाँले उल्लेख गर्नुभयो। निजी क्षेत्रबाट प्राप्त हुने सामाजिक सहयोगले सेवा विस्तार र व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, वातावरण संरक्षण तथा विपन्न समुदायको हितमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बैंकका कर्मचारी रोशन झा, मेनका सिंहलगायतको उपस्थिति रहेको थियो । सिटिजन बैंकले समय–समयमा देशका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जनकपुरधाममा गरिएको यो सहयोग पनि समाजप्रति बैंकको उत्तरदायी भूमिकाको एक उदाहरणका रूपमा हेरिएको छ।
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
7 घन्टा पहिले
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
7 घन्टा पहिले
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
1 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
1 दिन पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..
2 दिन पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..
6 दिन पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
8 दिन पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
8 दिन पहिले
नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, ..
नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, उपभोक्ता पर बढ़त दबाव १ साउन, काठमांडू। नव आर्थिक वर्षक श..
25 दिन पहिले
महोत्तरीमा २३ लाखभन्दा बढीका अवैध सामग्री नियन्त्रणमा
जनकपुरधाम असार ३२ गते । महोत्तरीमा सुरक्षा निकायको संयुक्त कारबाहीका क्रममा रु. २३ लाख ४४ हजार बराबरका अवैध सामग..
25 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..
जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..