भन्सार छलीका ११ लाख १६ हजारका कपडा धनुषा प्रहरीको नियन्त्रणमा

2 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार ३२ । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी भित्र्याइएका अनुमानित ११ लाख १६ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ ।
बिहिबार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक रूपेश खड्काको नेतृत्वमा खटिएको टोलीले जनकपुर उपमहानगरपालिका–७, नमस्कार चोकस्थित लक्ष्मण साहको सटर भएको घरमा खानतलासी गरी सामानहरु बरामद गरेको छ ।
स्थानीय, बुद्धिजीवी, भद्रभलादमी तथा जनप्रतिनिधिको रोहवरमा गरिएको खानतलासीका क्रममा भन्सार छली गरी लुकाइछिपाइ राखिएका अनुमानित मूल्य ८ लाख ७४ हजार रुपैयाँ बराबरको १,७४८ थान बालबालिकाका पाइन्ट तथा अनुमानित मूल्य २ लाख ४२ हजार रुपैयाँ बरामद भेष्ट तथा २४२ थान लेडिज सुट गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ११ लाख १६ हजार रुपैयाँ रहेको तथा सामानलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ ।
भन्सार छलीबाट हुने अवैध कारोबारले सरकारको राजस्वमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

12 comments
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 दिन पहिले

धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

जनकपुरधाम भदौँ १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहीबा..

1 दिन पहिले

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

1 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

2 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

3 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

3 दिन पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..

27 दिन पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..

1 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

1 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

1 महीना पहिले

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, ..

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, उपभोक्ता पर बढ़त दबाव १ साउन, काठमांडू। नव आर्थिक वर्षक श..

2 महीना पहिले