भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय तस्कर पक्राउ
8 दिन पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी), जयनगरले २७० लिटर नेपाली मदिरा बरामद गर्दै एक भारतीय तस्करलाई पक्राउ गरेको छ। घटनास्थलबाट दुईवटा मोटरसाइकल पनि बरामद गरिएको एसएसबीले जनाएको छ ।
एसएसबीका अनुसार विश्वसनीय सूचनाका आधारमा साउन १८ (२ अगस्ट २०२६) मा उशराही सीमा चौकी (बीओपी) बाट विशेष जाँच टोली परिचालन गरिएको थियो। टोलीले सीमा स्तम्भ नम्बर २७१÷४ नजिक भारतीय क्षेत्रको कमला नहर आसपास अखौना गाउँ नजिक निगरानी गरिरहेको बेला राति करिब १०ः०५ बजे नेपालतर्फबाट टाउकोमा बोरा बोकेर भारतीय सीमातर्फ आउँदै गरेका एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
सोही क्रममा नजिकै केही वस्तु खसेको आवाज आएपछि टर्चको सहायताले खोजतलास गर्दा अन्य दुई जना खेततर्फ भाग्दै गरेको देखिएको थियो। सुरक्षा टोलीले उनीहरूको पछ्याए पनि अन्धकार र वर्षाको फाइदा उठाउँदै उनीहरू फरार हुन सफल भएका थिए। घटनास्थलको थप खोजतलासका क्रममा केही पर दुईवटा मोटरसाइकलमा बोरा लादिएको अवस्थामा फेला परेको थियो। बोराहरू जाँच गर्दा ३०० मिलिलिटरका ९०० बोतल नेपाली ‘सोफी’ ब्रान्डको मदिरा बरामद भएको थियो, जसको कुल परिमाण २७० लिटर रहेको एसएसबीले जनाएको छ।
पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य, मधुबनी जिल्लाको उशराही गाउँ निवासी रहेको बताइएको छ। बरामद मदिरा, दुवै मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि देवधा प्रहरी थानामा बुझाउने प्रक्रिया अघि बढाइएको छ। फरार रहेका अन्य तस्करहरूको पहिचान तथा पक्राउका लागि खोजी कार्य जारी रहेको जनाइएको छ ।
यस सफल कारबाहीको प्रशंसा गर्दै ४८औँ वाहिनी एसएसबी, जयनगरका कमान्डेन्ट राजेन्द्र कुमारले भारत–नेपाल सीमामा मदिरा, लागूऔषध, नक्कली भारतीय मुद्रा, हतियार तथा अन्य अवैध तस्करी नियन्त्रणका लागि एसएसबी निरन्तर सक्रिय रहेको बताए। उनले सीमावर्ती क्षेत्रका नागरिकलाई कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकाय वा स्थानीय प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरेका छन्।
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
8 घन्टा पहिले
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
8 घन्टा पहिले
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
1 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..

मैथिली साहित्य समाजक १५०औँ मासिक कविगोष्ठी सम्पन्न बैद..
जनकपुरधाम, साउन २४ । मैथिली साहित्य समाज जनकपुरधामक आयोजनामे १५०सम मासिक कविगोष्ठीक विशेष समारोह शनिदिन जनकप..
13 घन्टा पहिले
धनुषाक सुधार केन्द्रमे एक गोटेके ‘शंकास्पद’ मृत्यु
जनकपुरधाम, साउन २४ गते । धनुषाक एक सुधार केन्द्रमे एक व्यक्तिक मृत्यु भेलअछि । मृत्यु होबबलामे धनुषाधाम नगरपा..
2 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..
जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..