तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला हिंसाविरुद्ध राज्यको जवाफदेहितामाथि प्रश्न
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्युको घटनालाई लिएर महिला तथा बालअधिकारको क्षेत्रमा कार्यरत संस्था महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । आइतबारदेखि हराइरहेकी बालिका चौधरीको शव मंगलबार साँझ घरनजिकै लामो समयदेखि खाली रहेको घरमा फेला परेको घटनाले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि राज्यले अपनाएका संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएको ओरेकले जनाएको छ । ओरेकले बालिकामाथि भएको घटनाको तत्काल, निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गर्न माग गरेको छ। घटनास्थल तथा उपलब्ध प्रमाण सुरक्षित राख्दै वैज्ञानिक परीक्षण र प्रमाणमा आधारित अनुसन्धान सुनिश्चित गर्नुपर्ने संस्थाको भनाइ छ ।
बाल संरक्षण प्रणालीमाथि गम्भीर प्रश्न
ओरेकका अनुसार तीन वर्षीया बालिकामाथि भएको यस्तो जघन्य घटनालाई केवल व्यक्तिगत आपराधिक प्रवृत्तिका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। बालबालिकाको जोखिम पहिचान, हराएका बालबालिकाको तत्काल खोजी, सुरक्षा संयन्त्रको पहुँच तथा हिंसापछि शीघ्र न्यायिक प्रतिकार्यका लागि राज्यले बनाएका संरचना कति प्रभावकारी छन् भन्नेबारे समीक्षा आवश्यक देखिएको संस्थाले जनाएको छ।
संस्थाले बालबालिकालाई हिंसा, शोषण र दुव्र्यवहारबाट सुरक्षित राख्ने जिम्मेवारी राज्य तथा समाज दुवैको भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिनुले बाल संरक्षण प्रणालीमा रहेका कमजोरीलाई उजागर गरेको जनाएको छ।
ओरेकले घटनामा संलग्न दोषीको पहिचान गरी प्रचलित कानूनअनुसार कडा कारबाही गर्न माग गरेको छ। अनुसन्धानलाई कुनै पनि राजनीतिक, सामाजिक वा अन्य दबाबबाट मुक्त राखी पीडित परिवारले न्याय पाउने वातावरण बनाउनुपर्नेमा समेत संस्थाले जोड दिएको छ ।
साथै, घटनापछि शोकमा रहेको परिवारलाई मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षा र न्यायिक प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ ।
ओरेकले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै बालिकाको पहिचान, तस्बिर तथा अन्य संवेदनशील विवरण अनावश्यक रूपमा सार्वजनिक नगर्न सञ्चारमाध्यम तथा आम नागरिकसँग आग्रह गरेको छ। बालअधिकारको दृष्टिले घटनाको समाचार सम्प्रेषण गर्दा पीडित बालिका तथा परिवारको गोपनीयता र गरिमालाई प्राथमिकता दिनुपर्ने संस्थाको भनाइ छ । ओरेककी कार्यकारी निर्देशक रेखा श्रेष्ठ शर्माले अबोध बालिकामाथि भएको घटना एउटा परिवारको मात्रै पीडा नभई बालिका तथा महिलाले सुरक्षित रूपमा बाँच्न पाउने अधिकारमाथिको गम्भीर प्रश्न भएको बताएकी छन्। उनका अनुसार दोषीलाई कानुनी कठघरामा उभ्याएर प्रभावित परिवारलाई न्याय दिलाउनु राज्यको तत्कालीन दायित्व हो भने भविष्यमा यस्ता घटना दोहोरिन नदिन बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउने दीर्घकालीन र संरचनागत उपाय आवश्यक छन्। ओरेकले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीयदेखि राष्ट्रिय तहसम्मका सम्बन्धित निकायलाई थप संवेदनशील र जवाफदेही बन्न आग्रह गर्दै दोषीमाथि कारबाही, परिवारलाई न्याय र बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण गर्न तत्काल कदम चाल्न माग गरेको छ । यता, बारा प्रहरीले सो घटना संग सम्बन्ध रहेको भन्दै दुई जना अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरी सर्बाजनिक गरेको छ । यो घटनाको थप अनुसनधान भईरहेको बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..