सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मिश्रको स्मृतिमा श्रद्धाञ्जली तथा शोकसभा
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघले शुक्रबार संघकै प्राङनमा श्रद्धाञ्जली तथा शोकसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष तथा स्वर्गीय बलराम मिश्रसँग लामो समय सहकार्य गरेका दिगम्बर रायले मिश्रले संस्थाको विकास, व्यवस्थापन, भवन निर्माण तथा सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्नुभयो । उहाँले मिश्रले संस्था र समाजबीचको कडीका रूपमा काम गर्दै अभिभावक, दाता, स्वयंसेवक, समिति तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहयोगलाई एकीकृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
रायले मिश्रको रचनात्मक सोच, सक्रियता, व्यवस्थापकीय क्षमता र सामाजिक सेवाप्रतिको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँको योगदानलाई आगामी पुस्ताले समेत स्मरण गर्नुपर्ने बताउनुभयो । संस्थाले बालबालिकालाई भगवान्को स्वरूप मानी उनीहरूलाई स्नेह, ममता, प्रेम, सहयोग र सहानुभूति प्रदान गर्दै सकारात्मक जीवनतर्फ अघि बढाउने उद्देश्य राखेको पनि उहाँले बताउनुभयो । त्यस्तै, संघका पूर्वअध्यक्ष कामेश्वर झाले संस्थाको विकासमा स्वर्गीय मिश्रको योगदानको चर्चा गर्दै उहाँकै नेतृत्वमा बालबालिकालाई शिक्षा प्रदान गर्न घरदैलो (होम भिजिट) कार्यक्रम सञ्चालन गरिएको स्मरण गरे। शिक्षकहरू नियमित रूपमा बालबालिकाको घरमै पुगेर उनीहरूको शैक्षिक अवस्था र प्रगति बुझ्ने तथा आवश्यक सहयोग गर्ने गरेको बताउनुभयो ।
संघमा सुस्त मनस्थिती भएका बालबालिकाहरुका लागि विद्यालय सञ्चालनका लागि विभिन्न समयमा नगरपालिका, समाज कल्याण मन्त्रालय, शिक्षा कार्यालय तथा स्थानीय व्यक्तिहरूबाट सहयोग प्राप्त भएको पनि कार्यक्रममा जानकारी गराइएको थियो । आर्थिक कठिनाइका बाबजुद बालबालिकाको शिक्षालाई निरन्तरता दिन संस्थाले ठूलो मेहनत गरेको र आगामी दिनमा विद्यालयलाई अझ व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्य रहेको बताइएको थियो।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का नेता सदाशिव मिश्रले स्वर्गीय बलराम मिश्रले संस्थाको स्थापना कालदेखि नै यसको विकास, संरक्षण र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँ संस्था र समाजप्रति समर्पित व्यक्तित्वका साथै धार्मिक तथा सामाजिक आस्थाका केन्द्रबिन्दु रहेको मिश्रको भनाइ थियो ।
मिश्रले विद्यार्थी, बालबालिका तथा शिक्षाको क्षेत्रमा स्वर्गीय बलराम बाबुको योगदान उल्लेखनीय रहेको बताउँदै उहाँको निधनले संस्था, विद्यार्थी, अभिभावक, पदाधिकारी तथा सम्पूर्ण समाजलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
कार्यक्रमका वक्ताहरूले सामाजिक जिम्मेवारीप्रति सबै क्षेत्रको थप जागरूकता र सहभागिता आवश्यक रहेकोमा जोड दिँदै अभिभावक, प्रशासनिक, सामाजिक तथा राजनीतिक क्षेत्रका व्यक्तिहरूलाई संस्थासँग जोडिएर यसको कामलाई अझ विकसित र सुदृढ बनाउन आग्रह गरेका थिए।
संघका अध्यक्ष विजयकुमार यादवको अध्यक्षता तथा संघका वरिष्ठ सदस्य अमृता सागर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सभाको संजालन संघका प्रधानाध्यापक भवेश मिश्रले गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, सदस्य, अभिभावक, शिक्षाकर्मी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संघकी उपाध्यक्ष गिनादेवी, कोषाध्यक्ष सीतावती शर्मा, सहकोषाध्यक्ष मनोरमा यादव, सचिव हरिकृष्ण श्रेष्ठ, सहसचिव जटाशंकर ठाकुर तथा सदस्यहरू ज्योतिकुमारी महतो, बिल्टु पण्डित, ललितकुमार शर्मा, रिना कुमारी गुप्तालगायतको सहभागिता रहेको थियो । उक्त श्रद्धाञ्जली कार्यक्रमका अवसरमा एक जना अपाङगता भएका बालकलाई ह्विल चेयर प्रदान गरिएको थियो । सो संघमै विगत १० वर्ष देखि सेवा लिदै आएका जनकपुरधाम २१ कुर्थाका झगरु महासेठका छोरा जिबछ महासेठलाई साहायक सामग्री उपलब्ध गराईएको प्रधानाध्यापक भवेश मिश्रले जानकारी गराउनु भयो ।
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
1 घन्टा पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
1 घन्टा पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
1 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
1 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
2 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
3 दिन पहिले
जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..
जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..
3 दिन पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..