नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्रहरीको नियन्त्रणमा
54 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’लाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत धनुषाको दुहवी दशगजाबाट उनलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले नेपाल–भारत दशगजा क्षेत्रबाट एक नेपाली महिलालाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । डीएसपी खनालका अनुसार हिरादेवीका श्रीमान् भरत महासेठ केही समयअघि नक्कली भारतीय रुपैयाँसहित बिहारमा पक्राउ परेका थिए । करिब एक महिनाअघि भारतको बिहारस्थित मधुवनी जिल्लाको बासोपट्टी थाना क्षेत्रको दुहवी बजारमा नक्कली भारतीय नोट कारोबार भइरहेको सूचनाका आधारमा विशेष कार्यदल (एसटीएफ) र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले छापा मारेको थियो । उक्त कारबाहीका क्रममा धनुषाको बिदेह नगरपालिकाका भरत महासेठ र उनका सहयोगी शिवकुमार राउत पक्राउ परेका थिए । उनीहरूबाट ५० हजार भारतीय रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको भारतीय सुरक्षा निकायको दाबी छ । भारतीय अनुसन्धान अधिकारीहरूका अनुसार महासेठ समूह लामो समयदेखि नक्कली भारतीय मुद्रा कारोबारमा संलग्न रहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा विश्वसनीय ढंगले अनुसन्धान अघि बढाइएको उनीहरूको भनाइ छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि नक्कली नोटको स्रोत, कारोबारको सञ्जाल र नोट कहाँ–कहाँ पु¥याउने तयारी गरिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको भारतीय प्रहरीको भनाइ छ ।
जयनगरका डीएसपी सदानन्द कुमारले पक्राउ परेका व्यक्तिहरूसँग विभिन्न कोणबाट सोधपुछ भइरहेको र कारोबारको सञ्जालबारे अनुसन्धान जारी रहेको बताएका छन्। अनुसन्धानका क्रममा उनीहरूको मोबाइल फोन, सम्पर्क सूत्र तथा बैंकिङ कारोबारसम्बन्धी कागजातसमेत परीक्षण भइरहेको बताइएको छ ।
प्रहरी रेकर्डअनुसार महासेठ परिवारसँग जोडिएका व्यक्तिहरूले काजु, चिनी, रजनीगन्धा, मरिच, सुपारी, मदिरालगायतका विभिन्न किराना तथा अन्य सामानको सीमापार ओसारपसार गर्ने गरेको बताइएको छ ।
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
51 मिनट पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
51 मिनट पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
54 मिनट पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
51 मिनट पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 घन्टा पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..