साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण जोखिममा रहेका बालबालिका मानव बेचबिखन तथा जबरजस्ती श्रमको उच्च जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ।
द एशिया फाउन्डेसनले न्यू एरा र शक्ति समूहसँगको सहकार्यमा गरेको तीनवर्षे ‘नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन’ ले बालबालिका अपरिचित व्यक्ति वा संगठित सञ्जालबाट मात्र नभई साथीभाइ, परिवारका सदस्य तथा आफूले चिनेका र विश्वास गरेका व्यक्तिबाट समेत बेचबिखनको जोखिममा पर्ने गरेको देखाएको हो।
धनुषाको जनकपुरमा आयोजित कार्यक्रममा अध्ययनका निष्कर्ष सार्वजनिक गर्दै अनुसन्धानकर्ताले गरिबी, पारिवारिक समस्या, हिंसा र शिक्षाको पहुँचको अभावले बालबालिकालाई अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य बनाउने र त्यहाँ उनीहरू शोषण तथा दुव्र्यवहारको जोखिममा रहने बताए। अध्ययनले १० वर्षसम्मका बालबालिकासमेत अनौपचारिक क्षेत्रमा काम गर्न पुग्ने अवस्था रहेको उल्लेख गरेको छ।
अध्ययनमा मनोरञ्जन क्षेत्र, सीमापार मानव बेचबिखन तथा इँटाभट्टा, गलैँचा, तयारी पोसाक, जरी उत्पादन र घरेलु काममा हुने जबरजस्ती बालश्रमलाई प्रमुख क्षेत्रका रूपमा समेटिएको छ। अनुसन्धानका क्रममा ६५४ जना प्रभावित तथा पीडितबाट प्राप्त अनुभव र जानकारीलाई विश्लेषण गरिएको जनाइएको छ।
न्यू एराका अनुसन्धानकर्ता डा. जीवन बानिया र सचिन श्रेष्ठले कार्यक्रममा अध्ययनका प्रमुख निष्कर्ष प्रस्तुत गर्दै बालबालिका बेचबिखन तथा जबरजस्ती श्रममा पर्न योगदान गर्ने कारण, शोषणका क्रममा भोगेका अनुभव र पुनःएकीकरणका अवस्थाबारे जानकारी दिएका थिए। अध्ययनमा गुणात्मक र परिमाणात्मक दुवै विधि प्रयोग गरिएको उनीहरूले बताए।
अनुसन्धानले बेचबिखन तथा जबरजस्ती श्रमबाट प्रभावित बालबालिकामा उद्धार र पुनःस्थापनापछि पनि दीर्घकालीन असर रहने देखाएको छ। त्यसैले प्रभावित बालबालिकाका लागि उद्धारपछि पनि निरन्तर तथा दीर्घकालीन सहयोग आवश्यक रहेको अध्ययनको निष्कर्ष छ।
त्यस्तै, न्यायमा पहुँच र न्यायिक प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न बालमैत्री तथा प्रभावितमैत्री न्यायिक संयन्त्र आवश्यक रहेको अध्ययनले औँल्याएको छ। अध्ययनबाट प्राप्त सिफारिसहरू सहभागीमूलक प्रक्रियाबाट तयार पारिएको र राष्ट्रिय तथा प्रादेशिक तहका सरोकारवालासँगको परामर्शबाट प्रमाणीकरण गरिएको जनाइएको छ।
कार्यक्रममा शक्ति समूहका देवका केसीले सहजीकरण गरेका थिए भने संस्थापक सदस्य चरिमाया तामाङले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएकी थिइन्। व्यवस्थापनतर्फ विवेक शर्मा र अनुज लुइँटेलले सहजीकरण गरेका थिए। अध्ययन प्रस्तुतिपछि सहभागीबीच तथ्याङ्क र त्यसका प्रभावबारे अन्तरक्रियात्मक प्रश्नोत्तरसमेत गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाकी उपसभापति संगीता ठाकुर, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रोशन खड्का, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक भीमबहादुर बिष्ट, राष्ट्रिय योजना आयोगका अशोककुमार मेहता तथा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाहलगायतको उपस्थिति थियो।
उद्योग वाणिज्य संघ, बालबालिका खोजतलास केन्द्र, ट्रेड युनियन, जिल्ला अदालत, स्थानीय तहका सम्बन्धित शाखा, स्वास्थ्य, उद्योग–वाणिज्य तथा पर्यटन, गृह–कानुन तथा सञ्चार र श्रम तथा यातायात क्षेत्रका प्रतिनिधि, नागरिक समाज तथा सञ्चारमाध्यमका प्रतिनिधिसमेत कार्यक्रममा सहभागी थिए।
अध्ययन परियोजना संयुक्त राज्य अमेरिकाको राज्य विभागअन्तर्गत मानव बेचबिखन अनुगमन तथा नियन्त्रणसम्बन्धी कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। परियोजनाको उद्देश्य जोखिममा रहेका बालबालिकाका लागि प्रभावकारी, सांस्कृतिक रूपमा उपयुक्त तथा उनीहरूको आवश्यकतामा आधारित हस्तक्षेप निर्माण गर्न आवश्यक तथ्याङ्क र प्रमाण उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ।
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
27 मिनट पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
27 मिनट पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
1 घन्टा पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
7 घन्टा पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
7 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
21 घन्टा पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
27 मिनट पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
7 घन्टा पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
7 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
21 घन्टा पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
21 घन्टा पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
21 घन्टा पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..