सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अपेक्षा
1 घन्टा पहिले प्रकाशित
Smrititimes
बटुकनाथ झा
जनकपुरधाम
असोज १५ गते ।
नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्यले भारतको जयनगरअन्तर्गत पिपरौन र नेपालको जटहीस्थित नो म्यान्स ल्यान्डको टीटीआरमा बिहीबार सम्पन्न भारतको सशस्त्र सीमा बल (एसएसबी) र सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) का वरिष्ठ अधिकारीबीचको समन्वय बैठकले सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा जोड दिएको हो । यसले सीमावर्ती क्षेत्रमा हुने वैध व्यापार, आवागमन तथा आर्थिक गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
बैठकमा सीमा पार हुने लागूऔषध, अवैध मदिरा, मानव तस्करी तथा प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रणसँगै आगामी चाडपर्वलाई लक्षित गरी वास्तविक समयमै सूचना आदानप्रदान गर्ने सहमति भएको छ। सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण हुँदा वैध व्यापार र यात्राका लागि सीमाको वातावरण थप सुरक्षित तथा पूर्वानुमानयोग्य बन्न सक्ने देखिन्छ ।
बैठकमा एपीएफ नेपालका महानिरीक्षक नारायण दत्त पौडेल, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट, धनुषाका प्रहरी उपरीक्षक भीमबहादुर बिष्टलगायत सहभागी थिए । उक्त बैठकमा भारतीय एसएसबीका तर्फबाट ४८औँ वाहिनी एसएसबी जयनगरका कमान्डेन्ट राजेन्द्र कुमार, एसएचक्यू मुजफ्फरपुरका २आईसी राजनीश कुमार मोरल, सहायक कमान्डेन्ट (इन्टेलिजेन्स) अंकुश डांगे तथा पिपरौन कम्पनीका सहायक कमान्डेन्ट एवं कम्पनी कमान्डर धनञ्जय कुमार सहभागी थिए।
बैठकमा छैटौँ बोर्डर वर्किङ ग्रुप तथा १२औँ र १३औँ एसओसी बैठकका निर्णयअनुसार सीमा स्तम्भको मर्मत, सम्भार तथा निर्माणसम्बन्धी विषयमा समेत छलफल भएको थियो। सीमा स्तम्भ तथा सीमासम्बन्धी संरचनाको नियमित व्यवस्थापनले सीमावर्ती क्षेत्रमा हुने विवाद न्यूनीकरण गर्दै व्यापारिक तथा अन्य आवागमनलाई स्पष्ट र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दुवै पक्षले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नो म्यान्स ल्यान्डलाई अतिक्रमणमुक्त राख्ने तथा अवैध खेती वा अतिक्रमण देखिए स्थलगत सत्यापनपछि आवश्यक कारबाही अघि बढाउने सहमति पनि भएको छ।
अवैध सीमा पार गतिविधि नियन्त्रण गर्न नो म्यान्स ल्यान्डमा एसएसबी र एपीएफ नेपालबीच संयुक्त गस्ती तथा संयुक्त अभियानको आवृत्ति बढाउने सहमति भएको छ। यसबाट सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा अन्य अवैध कारोबार नियन्त्रण गर्ने प्रयास थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
विशेषगरी लागूऔषध, मानव तस्करी र प्रतिबन्धित वस्तुको अवैध ओसारपसार नियन्त्रणलाई बैठकले प्राथमिकतामा राखेको छ। यस्तो नियन्त्रणले सीमाबाट हुने वैध वस्तु तथा सेवाको कारोबार र व्यवसायलाई अवैध गतिविधिबाट अलग पहिचान गर्न सहज हुने सुरक्षा अधिकारीहरूको बुझाइ छ।
एसएसबीले जनकपुर आसपास थुराया स्याटेलाइट फोन प्रयोग गर्ने व्यक्ति तथा अन्य शंकास्पद गतिविधिबारे एपीएफ नेपालसमक्ष विषय राखेको थियो। एपीएफ नेपालले त्यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आवश्यक सूचना वास्तविक समयमै आदानप्रदान गर्ने जनाएको छ।बैठकमा एपीएफ नेपालका महानिरीक्षक पौडेलले भोटेकोशी नदीमा आएको बाढीका क्रममा भारतबाट भएको उद्धार तथा पुनःस्थापना प्रयास र सहयोगप्रति आभार व्यक्त गरेका थिए।
दुवै पक्षले सेक्टर तथा बटालियन तहदेखि सीमा सुरक्षा चौकी (बीओपी) तहसम्म निरन्तर समन्वय कायम राख्दै सीमा व्यवस्थापन, सीमा पार अपराध नियन्त्रण तथा भारत–नेपाल सीमामा शान्ति र सुरक्षा कायम गर्ने प्रतिबद्धता दोहो¥याएका छन्। सुरक्षा समन्वय सुदृढ हुँदै जाँदा सीमावर्ती बजार, व्यवसाय, यात्रु आवागमन र वैध दुईपक्षीय व्यापारका लागि आवश्यक सुरक्षित वातावरण निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
1 घन्टा पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
1 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
2 घन्टा पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
3 घन्टा पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
4 घन्टा पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
10 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
2 घन्टा पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
3 घन्टा पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
4 घन्टा पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
10 घन्टा पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
10 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
23 घन्टा पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..