रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण

1 घन्टा पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम

असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यले रौतहट जिल्लाका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्माण गरिएको छ।
गौर नगरपालिका, राजपुर नगरपालिका र यमुनामाई गाउँपालिकामा सम्बन्धित पालिकाका विपद् व्यवस्थापन समिति र ओरेक नेपालको प्राविधिक सहकार्यमा सन् २०२६ अक्टोबर १ देखि ८ सम्म उक्त योजना निर्माण गरिएको हो।
जलवायु परिवर्तन तथा अन्य कारणले उत्पन्न हुने बाढी, डुबान, आगलागी, हावाहुरीलगायतका विपद्का साथै सर्पदंश, वन्यजन्तुबाट हुने जोखिम, कृषि क्षेत्रमा विद्युतीय करेन्ट, सडक दुर्घटना तथा सामुदायिक द्वन्द्वजस्ता जोखिमलाई समेत समेटेर योजना तयार गरिएको जनाइएको छ।

समुदायमा विपद्सम्बन्धी सही सूचना समयमै पु¥याउने, जनचेतना अभिवृद्धि गर्ने तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने योजनाको मुख्य उद्देश्य रहेको छ। यसले विपद् आउनुअघि पूर्वतयारी, विपद्का समयमा सूचना प्रवाह तथा प्रतिकार्य र विपद्पश्चात् सुरक्षित पुनःस्थापनाका लागि स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीच समन्वय स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

योजनामा लैङ्गिक उत्तरदायी, समावेशी तथा मानव अधिकारमैत्री विपद् व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। महिला, गर्भवती तथा सुत्केरी महिला, किशोरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको आवश्यकता र सुरक्षालाई ध्यानमा राखिएको छ।
त्यसैगरी, विपद्का समयमा हुन सक्ने लैङ्गिक हिंसा तथा यौन दुव्र्यवहारका जोखिम न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच र आवश्यक संरक्षण सेवासम्बन्धी सूचना प्रवाहलाई पनि योजनामा महत्त्व दिइएको छ।
निर्माण गरिएका तीनवटै पालिकाका विपद् जोखिम सञ्चार योजना सम्बन्धित पालिकाका विपद् व्यवस्थापन समितिबाट अनुमोदन भइसकेका छन्। ती योजनालाई कार्यपालिकाबाट पारित गरी स्थानीय राजपत्रमा प्रकाशन गर्ने प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता जनप्रतिनिधि तथा सरोकारवालाले व्यक्त गरेका छन्।
तीनवटै पालिकाको विपद् जोखिम सञ्चार योजना निर्माणका लागि ओरेक नेपाल, मधेश प्रदेशकी संयोजक वीणा सिंहले प्राविधिक सहयोग गरेकी थिइन्। ओरेक नेपालले योजना निर्माणमा समन्वय, सहकार्य र प्राविधिक सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, कर्मचारी, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
स्थानीय तहको नेतृत्व, संस्थागत प्रतिबद्धता र समुदायको सक्रिय सहभागिताबाट योजनाको प्रभावकारी कार्यान्वयन हुने तथा विपद्का समयमा समुदायमा सही सूचना समयमै पुगेर सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।‘विपद् जोखिम न्यूनीकरण हामी सबैको साझा जिम्मेवारी’ भन्ने सन्देशसहित स्थानीय तहमा विपद् पूर्वतयारी र सूचना व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

54 मिनट पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

54 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..

2 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

11 दिन पहिले