प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा सघाउने जसपा \'बहुमत सांसद\'को निर्णय
5 वर्ष पहिले प्रकाशित
Smrititimes
वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको एक नेताले बताए ।
यसअघि जसपाका नेताहरुबीच केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा नै विवाद देखिएको थियो । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव पक्षले बैठक बोलाउन माग गरे पनि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अस्वीकार गरेका थिए । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष ठाकुरले तत्कालै कार्यकारिणी बैठक बोलाउन अस्वीकार गरेका थिए । ठाकुरले बैठक बोलाउन अस्वीकार गरेपछि केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको स्रोतको दाबी छ ।
केन्द्रीय पदाधिकारीमा भट्टराई-यादव पक्षकै बहुमत छ । त्यस्तै जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको पनि एक नेताले बताए । जसपामा पूर्वराजपा र पूर्वसमाजवादीका १७/१७ सांसद थिए । तर दुवै पक्षका एक-एक जना सांसद निलम्बनमा परेका थिए । अहिले पूर्वसमाजवादी पार्टी पक्षमा १८ जना सांसद रहेको र कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा त्यो संख्या बढ्ने पनि ती नेताले दाबी गरे ।
वैशाख १४ गते बसेको भनिएको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयमा २६ जनाको हस्ताक्षर रहेको छ । पार्टी एकीकरणका क्रममा तत्कालीन राजपाका २६ र समाजवादीका २५ जना गरी ५१ सदस्यको केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको थियो । बैठकमा अध्यक्षद्वय भट्टराई र यादवका साथै वरिष्ठ नेता अशोककुमार राई, रमेशप्रसाद यादव, सुनीलकुमार झा, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, हिसिला यमि, रेणुकुमारी यादव, रकम चेम्जोङलगायतका केन्द्रीय कार्यकारिणी समिति सदस्यको उपस्थिति रहेको बताइएको छ । पूर्वराजपाको अध्यक्ष मण्डलका सदस्यसमेत रहेका महिन्द्रराय यादव पछिल्लो समय यादव पक्षमा पुगेका छन् । बैठकको माइन्युटमा यादवको समेत हस्ताक्षर रहेको छ । केन्द्रीय कार्यकारिणी समितिमा यादवसहित उनको पक्षमा तीन सदस्य छन् ।
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 घन्टा पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 घन्टा पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
11 घन्टा पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
1 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
1 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
2 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..