डेढ अर्ब बचत हिनामिना प्रकरणमा इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई कारागार चलान

3 वर्ष पहिले प्रकाशित

Smrititimes

गलकोट । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा दिवाकर भट्टको इजलासले आज सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।सहकारीले रु एक अर्ब ५१ करोड हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले रु एक अर्ब ३० करोड बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गरेका थिए ।सहकारीमा संस्थागत खाता रहेका प्रभा माध्यमिक विद्यालय निसीखोला, पौदिटार आधारभूत विद्यालय बडिगाड, युनियन लाइफ क्लब बागलुङ, दुदिलाभाटी स्वास्थ्यचौकी गलकोट, भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था बागलुङ, कालिका सहकारी संस्था बागलुङ, गलकोट बहुउद्देश्यीय सहकारी संस्था बागलुङ, दुदिलाभाटी इङ्लिस बोर्डिङ स्कुल गलकोट, सेयर सदस्य बागलुङ नगरपालिका–३ निवासी लालचन्द्र राजभण्डारी, मुकेशचन्द्र राजभण्डारी, राजकपुर श्रेष्ठ, लोकेन्द्र केसी, टङ्कप्रसाद पन्त, भीमसेनप्रसाद श्रेष्ठ, बा नपा–२ निवासी मनोविज्ञान श्रेष्ठ, दयाराम पौडेल, सञ्जु प्रधान पालिखे, लेखबहादुर खड्का, दिलप्रसाद कँडेल, बानपा–८ निवासी लक्ष्मी जिसी कार्की, बानपा–४ निवासी आत्माराम पौडेल, बानपा–७ निवासी मीनबहादुर कार्की, बानपा–१ निवासी दुर्गाबहादुर कुँवर, कुश्मा नगरपालिका–१ का हिरामणि उपाध्याय, गलकोट नगरपालिका–३ निवासी मञ्जु शर्मा चालिसेसहित एक हजार चार सय ८१ जना बचतकर्ताले अदालतमा असार २५ गते ठगीको मुद्दा दर्ता गराएका थिए ।

बचतकर्ताको उजुरीपछि प्रहरीले सञ्चालक भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी रोकालाई असार १ गते ताराखोलाबाट पक्राउ गरेको थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक किसानलाई पक्राउ गरेको थियो ।सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ निवासी देवकुमार नेपाली, गलकोट नगरपालिका–११ निवासी रुपा विक, ढोरपाटन नगरपालिका–१ निवासी डोरबहादुर परियार, ढोरपाटन–१ निवासी सुनिल नेपाली, सोही ठाउँका अनिल नेपाली, बडिगाड गाउँपालिका–२ बोहोरागाउँ निवासी झकबहादुर साही र निसीखोला गाउँपालिका–१ निवासी अनिता बुढामगरको खोजीकार्य भइरहेको छ ।सहकारीका सञ्चालक र कर्मचारीलाई आठदेखि १० वर्ष कैद सजायको माग गरेर मुद्दा दर्ता गराएको जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले जानकारी दिए । बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेर सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिका नगरप्रमुख नेपाली डेढ महिनादेखि बेपत्ता छन् ।नेपाली बेपत्ता भएपछि बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । उनीहरूले जिल्लाका राजनीतिक दल र विभिन्न सरोकारवाला निकायसँग आफ्नो रकम फिर्ता गर्नका लागि सहजीकरण गरिदिनुहुन आग्रह गरेको पीडित तथा सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।साभार : डिसी नेपाल

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

9 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

9 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

9 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

9 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

9 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

9 घन्टा पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..