कोशीमा पानीको बहाव उच्च, ५६ ढोका खोलियो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

वराहक्षेत्र(सुनसरी), भदौ ९ गते । सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रबार साँझबाटै ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रबार दिउँसोदेखि नै कोशीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ । गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोशी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो ।सम्पर्क तथा भू आर्जन अधिकृत पौडेलका अनुसार पहिलो पटक १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानीको मापन गरिएको थियो । सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक र १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक पानीको बहाव उच्च मापन गरिएको छ । यस वर्षको दोस्रो पटक पानीको बहाव उच्च मापन र १९६८ यताकै छैटौँ पटक मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू-आर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो ।पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटान बाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको सम्पर्क अधिकृत पौडेलले बताउनुभयो । राजा वास, प्रकाशपुर, मधु वनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । साभार : गोरखापत्र

12 comments
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

1 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

1 दिन पहिले

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..

काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..

1 दिन पहिले

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..

2 दिन पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

2 दिन पहिले

सतकबीर रसिक जीक आयोजनामे १५१म मासिक कविगोष्ठी जनकपुरमे ..

जनकपुरधाम, २० भदौ । विगत एक सय ५१ महिना सँ अनवरत रुपमे संचालित मासिक कवि गोष्ठी शनिदिन सेहो जनकपुरधाममे सम्पन्न भे..

2 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..