एसिया कप क्रिकेट प्रतियोगिता : रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्त्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्त्वपूर्ण रहनेछ ।भारत छिमेकी राष्ट्र भए तापनि उसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुर्नुपर्यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यु १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलो पटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।एसिया कपमा पहिलो पटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।
समूह ए मा रहेका नेपाल र भारतले समान एक एक खेल छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका हुन् ।समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।समूह चरणको अन्तिम भारतविरुद्धको खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । समूह बी मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउने छन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् । साभार : नेपाल प्रेस
विवादित सतलोक आश्रमक गतिविधिपर रोक
जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..
2 दिन पहिले
विवादित सतलोक आश्रमक गतिविधिपर रोक
जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..
2 दिन पहिले
अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..
जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..
2 दिन पहिले
जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..
जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..
2 दिन पहिले
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
6 दिन पहिले
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन
जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..
9 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
1 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
विवादित सतलोक आश्रमक गतिविधिपर रोक
जनकपुरधाम, माघ ३ गते । धनुषाक मिथिला नगरपालिका–२ मे रहल सतलोक आश्रमक गतिविधिपर नगरपालिकाले रोक लगा देलक अछि..
जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..
जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..
अन्तर विद्यालय क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसाके..
जनकपुरधाममाघ ३ गते । पाँचम अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताक उपाधि मदर टेरेसा पब्लिक स्कुल जितलक अ..