बुमराह आज पाकिस्तानविरुद्ध उत्रन तयार, विपक्षी तेज बलरलाई ओझेलमा पार्न सक्लान् ?

1 वर्ष पहिले प्रकाशित

Smrititimes

कोलम्बो,भदौ २४ गते । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको आफ्नो पहिलो खेलमा आइतबार भारतले पाकिस्तानसँग सामना गर्दै छ । चिरप्रतिद्वन्द्वीविरुद्ध खेल्न केएल राहुल र जसप्रित बुमराह उपलब्ध भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।यसअघि बुमराह श्रीमतीको डेलिभरीका कारण समूहगत चरणको दोस्रो खेल अगाडी भारत फर्किएका थिए । राहुल भने फिटनेसका कारण सुरुवाती दुई खेलमा उपलब्ध थिएनन् ।टोलीका सबैभन्दा प्रभावशाली तेज बलर बुमराहको पुनरागमनले टोलीको मनोबल उच्च बनेको देखिन्छ । समूहगत चरणमा भारतले पहिलो खेल पाकिस्तानविरुद्ध ब्याटिङ गरिसकेपछि वर्षा भएर अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाललाई १० विकेटले हराएको थियो ।पाकिस्तानले सुपर फोरको आफ्नो पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । पाकिस्तानले समूहगत चरणको पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।पाकिस्तानका लागि तीन तेज बलर शाहिन शाह अफ्रिदी, ह्यारिस रौफ र नसिम शाहले शानदार प्रदर्शन गरिरहेका छन् । तीन खेलमा रौफले ९ तथा अफ्रिदी र शाहले ७-७ विकेट लिएका छन् । रौफ र अफ्रिदिको घातक बलिङपछि समूहगत चरणमा भारतले पाकिस्तानविरुद्ध ६६ रन जोड्दा ४ विकेट गुमाएको थियो ।बुमराहको पनि जारी प्रतियोगितामा टेस्ट हुन बाँकी छ। सम्भावित वर्षाका कारण यो खेलका लागि रिजर्भ डे राखिएको छ ।आइतबार वर्षाका कारण खेल रोकिएको अवस्थामा सोमबार सुचारु हुने छ । वर्षाले लगातार प्रभावित भएपछि प्रतियोगिताका खेलहरूलाई पालेकेलेबाट कोलम्बोमा सारिएको छ ।साभार : नेपाल प्रेस

12 comments
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..

जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..

20 दिन पहिले

दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..

जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..

20 दिन पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

20 दिन पहिले

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्ष..

जनकपुरधाममंसिर १३ गते । विदेह नगरपालिका वडा नं. ५ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्..

24 दिन पहिले

बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान

जनकपुरधाम मंसिर १३ गते ।कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका ल..

24 दिन पहिले

मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..

प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..

26 दिन पहिले

नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..

3 महीना पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

3 महीना पहिले

नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झा जेल चल..

काठमाडौं । भदौँ २ गते ।नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच ..

4 महीना पहिले

जयशंकरको टिप्पणी-नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर ..

काठमाडौँ ,वैशाख २३ गते । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त..

8 महीना पहिले

उत्तरप्रदेशबाट अवैध रूपमा बिहार लगिएका ९५ बालबालिकाको ..

एजेन्सी, अयोध्या (भारत), वैशाख १५ :  उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरूपमा उत्तरप्रदेश लगिएका ९५ ..

8 महीना पहिले

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापानमा सुनामी..

एजेन्सी, ताइपेइ, चैत २१ : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडक..

9 महीना पहिले