कमला नदीमा पूर्णिमा मेला : ‘देवता’ खेल्ने भगता, धामीझाक्री र श्रद्धालुको घुइँचो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,मंसिर ११ गते ।  धनुषा र सिरहा जिल्ला जोडेको कमला नदीमा विशाल कार्तिक पूर्णिमा मेला लागेको छ । कमला नदीमा आज बिहानैदेखि स्नान गर्ने श्रद्धालु, भगता र धामीझाक्रीहरुको घुइँचो लागेको हो ।कमला नदीलाई गंगा सरह मानिन्छ । यहाँ कार्तिक पूर्णिमाको दिन स्नान, दान र व्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । सृष्टिको आरम्भदेखि नै यो दिनको खास महत्त्व रहेको छ । त्यसैले आजको दिन कमला स्नान गर्न गाउँगाउँबाट लाखौं मानिस उर्लिएका छन् ।सिरहाको बन्दिपुरमा पर्ने उत्तराहिनीदेखि भारत विहारको जयनगरसम्म कमला नदीको दुबैतिर जताततै घुइँचो देख्न सकिन्छ । सर्वसाधारण स्नान र पूजापाठ गरी फर्किन्छन् । तर धामीझाक्रीहरु नवभगतालाई सतबैद (शपथग्रहण) गराउन व्यस्त देखिन्छन् ।धामीले लोक भाकामा ‘महराई’ गाउँछन् । ‘महराई’ एक मन्त्र हो । मिर्दङ-मादल, झ्याली, ढोल र पिपही जस्ता बाजाको तालमा धामीले ‘महराई’ गाएपछि भगताको शरीरमा घरमा पूजिने कूलदेउता आउने मान्यता छ ।तराई/मधेशका प्रायः हरेक हिन्दूले घरमा कूलदेवता पूज्छन् । देवतालाई घरका एकजना जो शुद्धि प्राप्त गरेका हुन्छन्, उसले मात्र पूजा गर्छन् । यदि देउता पूजने घरको व्यक्ति अशुद्ध भयो वा निधन भयो भने परिवारकै अर्का व्यक्तिको शरीरमा देउता आउन थाल्छ ।देउता आउन थालेपछि कार्तिक पूर्णिमाकै दिन धामीको साहारामा शुद्धि प्राप्त गरिन्छ । शुद्धि प्राप्त गर्ने व्यक्तिलाई भगता भनिन्छ । धामीले कमलामा स्नानअघि भगतालाई ुसतबैदु अर्थात् शपथग्रहण गराउँछन् ।सिरहा नगरपालिका १ का धामी हरिदेव पासवान भन्छन्- ‘देउता र भगता दुबैलाई शपथग्रहण गराउँछौँ । कमलेश्वरी मातालाई साक्षी राखेर भगताले सधैँ श्रद्धापूर्वक पूजा दिने र कूलदेउताले घर-परिवारको रक्षा गर्ने वचन दिन्छन् । यसलाई हामी ‘सतबैद’ भन्छौं ।’पुरुष भगता पहेँलो धोती र महिला भगता पहेँलो रातो सारीमा सजिएका हुन्छन् । उनीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा कराउँछन् । भूत जस्तै हाउभाउ देखिने हुँदा ‘पूर्णिमा मेला’लाई भूत मेला भन्न थालिएको छ ।सर्वसधारणले कमला नदीमा स्नान गर्दै कमलेश्वरी मातासंग घर-परिवारको रक्षा, सुख शान्ति र समृद्धिको कामना गर्छन् । कतिपयले मनोकामना पुरा भएको भन्दै बोकाको बली समेत चढाउँछन् । प्रायः व्यक्तिले झाप, लड्डु र फलफूल समेत चढाउँदै पूजापाठ गरेका छन् ।कमला नदीमा स्नान गरेका सर्वसाधारण र सिद्धि प्राप्त गरेका भगता तथा धामीहरु नदीको तटमा दहीच्युरा खाने गर्छन् । यहाँको पानी कतिपयले घर लैजाने गर्छन् । कुनै पनि शुभ कार्य गर्नुअघि कमलाको पानी छर्किएपछि शुद्ध हुने जनविश्वास छ ।साभार : नेपाल प्रेस

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

15 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

15 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

15 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

15 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

16 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..