मधेश प्रदेशको चार जिल्लाका कारण नेपाल पुर्ण खोप देश घोषणा हुनबाट वन्चित

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ,फागुन ११ गते । मधेश प्रदेशको चार र वागमती प्रदेशको एक गरी पाँच जिल्ला पुर्ण खोप जिल्ला घोषणा हुन नसकेका कारण नेपाल अन्तराष्ट्रिय स्तरमा पुर्णखोप देश घोषणा हुन नसकेको जानकारी दिइएको छ । 

देशभर फागुन १३ गते देखि चैत्र ७ गते सम्म संचालन हुन लागेको राष्ट्रिय खोप कार्यक्रम २०८०/८१ दादुरा रुबेला खोप अभियान सम्बन्धि जानकारी दिन शुक्रबार मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा खोप अधिकृत लक्ष्मेश्वर झाले सो जानकारी दिनु भएको हो । उहाँले मधेश प्रदेशको धनुषा, महोत्तरी ,रौतहट,पर्सा र वागमती प्रदेशको नुवाकोट अझै पनि पुर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेकोले नेपाल पुर्ण खोप देश घोषणा हुन बाट बन्चित भएको बताउनु भयो । उहाँले नेपाल सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रममा पुर्ण खोप घोषणा गर्ने विषय आएपनि इच्छाशक्तिको अभावमा भने त्यो हुन नसकेको उहाँको भनाई छ । उहाँले मधेश प्रदेशमा नियमित खोपको कोभरेज ८० प्रतिशत रहेको र चार प्रतिशत बालबालिकाले एउटापनि खोप नलगाएको तथ्याँक प्रस्तुत गर्नु भएको थियो । 

सन २०२६ सम्ममा दादुरा रुवेला रोगको निवारण गर्न र खोपवाट बचाउन सकिने रोगहरुको नियन्त्रण र निवारणका लागि यस खोप अभियानमा ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा रुवेलाको खोप दिने कार्यक्रमको साथसाथै पाँच वर्ष मुनिका बालबालिकालाई छुटेका खोपहरुपनि दिने कार्यक्रम रहेकोले आ आफनो बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउनका लागि अभिभावकहरुमा खोप अधिकृत झाले आग्रह गर्नु भयो ।उहाँले नौ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई २४ जिल्लामा र नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिका लाई ५१ जिल्लामा यो अभियान संचालन हुने उहाँले जानकारी गराउनु भयो ।

उहाँले मधेश प्रदेशको आठ जिल्ला मिलाएर नौ महिना देखि १५ वर्ष मुनिका १९ लाख ४७ हजार १४२ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेको र त्यसका लागि ११ हजार ३४६ खोप केन्द्र ,१५ हजार ५८५ खोप कार्यकर्ता र १५ हजार ५८४ स्वयंसेवक परिचालन हुने उहाँले जानकारी गराउनु भयो । खोप अधिकृत झाले १५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्युको कारण न्यूमोनिया रहेको र विगत तीन वर्षमा पिखोपको कभरेज कम रहेको जानकारी दिनु भयो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रविण झा स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवण नायक सहितको सहभागिता रहेको थियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

4 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

15 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

22 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

23 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

23 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

1 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..