उखुको उत्पादन घटे थप व्यापार घाटाको खतरा
9 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ,फागुन १९ गते । पछिल्लो केही वर्षदेखि उखुको भुक्तानीमा हुने गरेको ढिलाइका कारणले किसानहरूमा उखु खेती प्रतिको आकर्षणमा कमी आएको छ ।हाल देशमा वर्षेनी ६२ हजार ५ सय ६७ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेकोमा मधेश प्रदेशमा मात्र ४२ हजार ६ सय ९६ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । त्यसमा पनि मधेश प्रदेशको सर्लाही जिल्लामा मात्र १५ हजार ३ सय ७३ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । दोस्रो तथा तेस्रोमा बढी उखुको उत्पादन हुने गरेको कोशी तथा सुदूर पश्चिममा उखुको उत्पादकत्व मधेश भन्दा बढी रहेको छ ।
मधेश प्रदेशमा उखुको उत्पादकत्व प्रति हेक्टर ४९.०४ प्रतिशत रहेको छ भने सबैभन्दा बढी कोशी प्रदेशको रहेको छ । कोशीमा उखुको उत्पादकत्व प्रति हेक्टर ५७.८५ रहेको छ । सुदूरपश्चिममा उखुको उत्पादकत्व ५६.४७ रहेको छ ।
तर पछिल्लो समयमा उखुका मुख्य क्रेताका रुपमा रहेका चिनी मिल्सका सञ्चालकहरूले समयमा किसानलाई उखुको भुक्तानी नदिएका कारणले सबैभन्दा बढी उखुको उत्पादन गर्दै आएका सर्लाही जिल्लाका किसानहरू वैकल्पिक खेतीमा लागेका कारण चिनीको उत्पादनमा थप नकारात्मक असर पार्ने खतरा रहेको भन्दै कृषि विभागले जनकपुरधाममा उखु उत्पादक किसानसहित सरोकारवाला निकायसँग समस्याको पहिचान तथा समाधानका लागि अन्तरक्रिया गरेको छ ।
सर्लाही जिल्लाका कतिपय किसानहरू उखु खेतीलाई नष्ट गरेर सो ठाउँमा मकै तथा धान, गहुँको खेती गर्न थालेका छन् । सर्लाहीको हरिवनलाई उखुको राजधानीको रुपमा लिने गरेको भए पनि सो पालिकाका किसानहरू उखुको विकल्पमा मकै खेती गर्न थालेको हरिवन नगरपालिकाका कृषि शाखाका कर्मचारी प्रवीण तामाङ्गले जानकारी दिनुभयो ।
सर्लाही जिल्लामा नै घर भएका उखुका अगुवा किसान तथा उखु उत्पादक सहकारी संघका अध्यक्ष रामचन्द्र सिंह कुशवाहाले उखु उत्पादनका लागि सिँचाइ, मल, उन्नत बीउको अभावका साथै किसानहरूले चिनी मिल्सहरुमा उखु बिक्री गर्दा समयमा भुक्तानी नदिँदा बाध्य भएर अन्य बाली लगाइरहेको बताउनुभयो । उखु सुरुमा नगदे बाली भए पनि अहिले उधारो बालीको रुपमा परिचित हुन थालेपछि किसानहरू बाध्य भएर अन्य बाली लगाउन थालेका उहाँको भनाइ छ ।
कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले उखु बालीप्रति किसानहरूमा आएको समस्याको समाधान गर्दै आएको बताउँदै किसानहरूलाई उखु उत्पादनमा नै टिकाई राख्न सबै प्रकारको सहयोग गर्न सरकार तयार भएको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका उखुका किसान, सरोकारवाला निकाय तथा कृषिसँग सरोकार भएका सरकारी निकायका अधिकारीहरूको सहभागितामा भएको अन्तरक्रियामा उखुको उत्पादन घटेको खण्डमा यसले देशको व्यापार घाटा बढ्ने भएकाले उत्पादन बढाउने गरी सबै निकायबीच अधिकतम सहकार्यको खाँचोमा जोड दिनुभएको थियो ।
साभार : रेडियो नेपाल
मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..
प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..
1 दिन पहिले
मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..
प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..
1 दिन पहिले
छात्रबृति विषयमा विद्यालय संचालकहरु लचक हुँदा समेत वार..
बटुकनाथ झा जनकपुरधाम मंसिर ८ गते । जनकपुरधामका सामुदायिक विद्यालयका संचालक र उपमहानगरपालिका बिच छात्रबृतिका व..
5 दिन पहिले
ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न
जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..
6 दिन पहिले
शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..
जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..
6 दिन पहिले
सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनच..
जनकपुरधाम मंसिर ७ गते । वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको ..

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने
जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..
13 दिन पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
18 दिन पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरु संगठित हुदै
जनकपुरधाम कातिक २४ गते ।आफ्नो अधिकारको लागि संघर्षरत मधेशी अपाङगता भएका व्यक्तिहरु संगठित हुन थालेका छन् । राज्..
19 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
2 महीना पहिले
छात्रबृति विषयमा विद्यालय संचालकहरु लचक हुँदा समेत वार..
बटुकनाथ झा जनकपुरधाम मंसिर ८ गते । जनकपुरधामका सामुदायिक विद्यालयका संचालक र उपमहानगरपालिका बिच छात्रबृतिका व..
शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..
जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..
न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्..
जनकपुरधाम मंसिर ७ गते । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिर..
सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनच..
जनकपुरधाम मंसिर ७ गते । वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको ..