कस्तो बनाउँलान दोलखाको नौ वटा स्थानीय तह निर्वाचित प्रमुख तथा उपप्रमुखले
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
जेष्ठ ८, तामाकोशी
करिव लामो समयको चुनावी अभियान हाल सकिएको छ । देश भरि चुनावी अभियान संचालन भएको थियो । अहिले ठुला महानगर र उपमहानगर बाहेकका प्रय सवै ठाउँमा निर्वाचनको परिणम आइसकेको छ ।
दोलखामा पनि नौ वटै स्थानीय तहको अन्तिम चुनावी नतिजा सार्वजनिक आइसकेको छ । दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेकोमा सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । जसमा नगरप्रमुख, उपप्रमुख तथा पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएकाहरुको समेत अन्तिम परिणाम आएको हो । नतिजा अनुसार तामाकोशी गाउँपालिकामा गठबन्धनले अध्यक्ष र उपाध्यक्षनै जितेको छ । जसमा पालिका अध्यक्षमा एकीकृत समाजवादीबाट प्रोणप्रताप केसी निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी निर्वाचित हुनुभएको छ । भीमेश्वर नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका कांग्रेसका इश्वर नारायण मानन्धर नगरप्रमुख मा निर्वाचित हुनु भएको छ भने एमालेकी कमला बस्नेत पुनः भीमेश्वर नगरकी उपप्रमुख मा निर्वाचित हुनुभएको छ । जिरी नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । मित्र जिरेल जिरी नगरपालिकाका प्रमुख बन्दा एमालेकी कृष्ण माया बुढाथोकी उपप्रमुखमा विजयी हुनुभएको छ ।
विगुमा माओवादी केन्द्रका उम्मेदवार संजिव ओली पालिका अध्यक्षमा विजयी हुनु भएको छ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार बनेका अचुतम केसीलाई पराजित गर्दै ओली पालिका अध्यक्ष बन्नु भएको हो । विगु गाउँपालिकाका उपाध्यक्षमा भने एमालेकी देवीका थामी विजयी हुनु भएको छ । उहाँ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार बन्नु भएका अंगिमा शेर्पालाई पराजित गर्दै विगुको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ।
यसैगरी, बैतेश्वर गाउँपालिकामा कांग्रेसका छवि लामा पालिका अध्यक्ष बन्नु भएको छ। उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार कल्पना उप्रेती निर्वाचित हुनु भएको छ । मेलुङ गाउँपालिकामा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका उम्मेदवार हिरा थोकर पालिका अध्यक्ष र एमालेबाट गायत्री आचार्य उपाध्यक्ष निर्वाचित हुनुभएको छ ।
गौरीशंकर गाउँपालिकामा गठबन्धका उम्मेदवारले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रका विश्वास कार्की गौरीशंकर गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको छ। गौरीशंकरमा उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्यामशुन्दर तामाङ पालिका उपाध्यक्षमा निर्वाचित हुनु भएको हो।
यसैगरी, शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार रिमालबाबु श्रेष्ठ पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । भने उपाध्यक्षमा एमालेकी पार्वती कार्की विजयी हुनुभएको छ । कालिञ्चोक गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी पालिका अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
फोटो कलेक्सन सामाजिक संजलबाट
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
7 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
7 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
8 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
8 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
8 दिन पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
8 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
17 दिन पहिले
एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..
जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..
20 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
4 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
4 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
4 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
4 महीना पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..