नेपाल कम्युनिस्ट पार्टी, दोलखाको छैटौं जिल्ला सम्मेलन सम्पन्न, अर्जुन योगीको नेतृत्वमा ३१ सदस्यीय दोलखा जिल्ला समिति निर्वाचित ।
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
तामाकोशी ।
नेपाल कम्युनिस्ट पार्टी, दोलखाको ऐतिहासिक छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन, वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन ’ भन्ने मुल नाराका साथमा भदौ २४ गते दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।
सम्मेलन स्थलमा पुग्नु अघि पन्चेबाजा र झाँकीसहितको र्याली दोलखा जिल्लाको सदरमुकाम चरिकोटको चरिघ्याङ्गबाट शुरु भई सातदोबाटो चोक हुँदै सडकविभाग गेट पुगेर पुनः सातदोबाटो चोक हुँदै चरि¥याङ्गसम्म पुगेको थियो ।
अर्जुन योगीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन समारोहको संचालन राजकुमार लामीछानेले गर्नुभएको थियो । उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा पार्टीका विशेष समिति सदस्यहरु यादव दाहाल, संजीप नेपाली, अनेरास्ववियू ९क्रान्तिकारी० का केन्द्रीय सदस्य प्रजिना दर्नाल, आदरणीय सहिद परिवार रहनु भएको थियो ।
सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रेम दर्नाल (विकल्प) ले संसदीय व्यवस्थाको मृत्युको घोषणा निकट दिनहरुमा नै गरिने र देश र जनताको चम्किलो भाग्य र भविष्यको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरिने बताउँनु भयो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेता, कार्यकर्ताहरुमाथि जारी गरेको कथित पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुमाथि लगाइएको झुट्ठा मुद्दाहरु तुरुन्त खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता तुरुन्त खारेज गर्नुपर्ने, चर्को महंगी र मूल्य वुद्धि तुरुन्त खारेज गर्नुपर्ने, चरम भ्रष्टचार, अनियमितता, बेरुजुको तुरुन्त छानबिन गरी भ्रष्टचारीहरुलाई कडा कार्वाही गर्नुपर्ने, राष्ट्रघाती, जनघाती, भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताउँनु भयो । सम्मेलनको उद्घाटन समारोहमा राजन धनुकेले स्वागत मन्तव्य राख्नु भएको थियो भने संजीप नेपालीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बन्द सत्र समारोहमा राजन धनुके, राजकुमार लामीछाने, बसुन थामी रहेको तीन सदस्यीय अध्यक्ष मण्डल बनेको थियो । उक्त अध्यक्ष मण्डलको तर्फबाट राजन धनुकेले बन्द सत्र समारोहको संचालन गर्नुभएको थियो । बन्द सत्रमा अर्जुन योगीले ‘‘दलाल पुँजीवादी राज्यसत्ता, संसदीय व्यवस्था र राष्ट्रघात अन्त्यको निम्ति निर्णायक आन्दोलन १ वैज्ञानिक समाजवाद स्थापनाको लागि एकीकृत जनक्रान्तिको दिशामा ऐतिहासिक छैटौं दोलखा जिल्ला सम्मेलन ११’ भन्ने शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो र उक्त प्रतिवेदन पारित भएको थियो । बन्द सत्र समारोहमा प्रमुख अतिथि प्रेम दर्नाल ९विकल्प० ले अर्जुन योगीको नेतृत्व (सेक्रेटरी) मा ३१ सदस्यीय दोलखा जिल्ला समितिको प्रस्ताव पेश गर्नु भएको थियो । उक्त प्रस्ताव एक मतले पारित भएको थियो । नव निर्वाचित समितिलाई यादव दाहालले बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त सम्मेलनको उद्घाटन समारोह र बन्द सत्रमा सामना सांस्कृतिक परिवारका कलाकारहरुले आधा दर्जन प्रस्तुति प्रदर्शन गरेका थिए ।
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
1 दिन पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
1 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
30 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
1 महीना पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले