बाल श्रममा लागेकी ज्योतीको डाक्टर बन्ने सपना

2 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा
असार २२ गते
सानै उमेर देखि बाल श्रममा लागेकी धनुषाको विदेह नगरपालिका ६ गिद्धाकी ज्योती महरा डाक्टर बन्ने सपनाका साथ पढाई गरिरहेकी छिन । अहिले श्री जनता नमुना प्राविधिक उच्च माविमा कक्षा ७ को सेक्सन ‘ए’मा अध्ययनरत ज्योती पाँच भाईबहिनी मध्ये सबै भन्दा जेठी छोरी हुन । घरको आर्थिक अवस्था दयनीय भएका ज्योती कक्षा २ पढ्दा देखि नै अरुको खेलमा मजदुरी गर्न बाध्य भए । उनि भन्छिन,‘पहिला बढी समयमा अरुको खेलमा मजदुरी बिते आमा संगै दिन भरी आरुको खेलमा काम गरे र मजदुरीमा थोरै पैसा तथा धान मात्र पाउथे ।’ सरकारी विद्यालयमा पढिरहेकी ज्योती संगै चार जना भाईबहिनी पनि बिद्यालय गईरहेका छन् । सबैको पढाई र दैनिक जीवनयापना समस्या भएपछि उनकी आमा बबिता महरा आफु संगै छोरीलाई अरुको खेलमा काममा लाउन बाध्य भए । ज्योती खेलमा काम गर्दै कहिलेकाही विद्यालय पनि जान्थे । अहिले कक्षा ७ मा अध्ययनर ज्योती कक्षा ३ मा हुँदा गाउँमा सामुदायिक सुधार केन्द्र(सीआईसी) निःशुल्क ट्युसन कक्षाको संचालन सुरु गरे । उनि विगत ४ वर्ष देखि सोही ट्युसनमा पढिरहेकी छिन् । उनि संथै दुई दर्जन भन्दा बढी विपन्न समुदायका विद्यार्थीहरुलाई स्थानीय नन्दिनी मंडलले पढाईरहेकी छिन् । बाल्यकालमा अरुको खेलमा काम गर्न बाध्य भएकी ज्योती अब सामान्य रुपमा घरको काम मात्र गर्दै बढी समय पढाईमा लगाउछिन् । उनि पढेर डाक्टर बनि आफु जस्तै समस्यामा परेकी विपन्न समुदायको उपचार गर्ने सपना रहेको बताउछिन ।

कम उमेरमा अरुको लागि काम गर्दा बढी परिश्रम अनि थोरै पारिश्रमिक हुँदा ज्योती जस्तै अन्य धेरै जना कलिला बालबालिकाहरुको समपना पढाई रहेपनि दिन रात अरुको लागि काम गरिरहनुपर्ने बाध्यता रहेको छ । उनि जस्तै अन्य विपन्न तथा सिमान्तकृत समुदायको निःशुल्क उच्च शिक्षा राज्यले सुनिस्चित गरेको पनि स्थानीय सरकारको उदासिनताका कारण गुणस्तरीय शिक्षाबाट बञ्चित भईरहेको अवस्थामा ज्योतीले आफ्नो भविश्य बनाउन चाहन्छिन् । उनकी आमा अरुको खेलमा काम गरी बाँकी रहेको समयमा सिलाई मेसिन चलाई घर संचालनमा लागेकी छिन् । बुवा रामएकवाल महरा बैदेशिक रोजगारमा लागेको ज्याती बताउछिन् । शिशु कक्षा देखि नै सरकारी विद्यलायमा पढिरहेकी ज्योतीले निःशुल्क ट्युसनले आफ्नो पढाईमा सहयोग भईरहेको बताउछिन् । ज्योतीले जसरी पनि आफ्नो पढाईलाई निरन्तरता दिईरहेपनि विदेह नगरपालिकाका अन्य दलित तथा विपन्न समुदायका थुप्रै बालबालिकाहरु अझै पनि विद्यालयभन्दा बाहिरै छन् । विद्यालय बाहिर रहेका अधिकांश ती बालबालिकाहरू कुनै न कुनै बालश्रममै छन् । बालबालिका सम्बन्धी ऐन २०७५ ले बालबालिकालाई काममा लगाउन बन्देज गरेको छ तर धेरै बालबालिका अहिले पनि विभिन्न प्रकारका श्रम गर्न बाध्य छन् । उनिहरुका अभिभावकहरुले आफ्ना सन्तालको भविश्य प्रति खासै चासो नलिएको भन्न सकिन्छ । बिदेहनगरपालिका भित्र रहेका ईटा भठाहरुका अहिले पनि धेरै बालबालिकाहरु मजदुरी गरिरहेका छन् । उनिहरु थेरै पैसा कमाउन धेरै मिहनेत गर्नुपरिरहेको अवस्थामा पछिल्ला दिनमा विभिन्न गैरसरकारी संस्थाको पहलमा बिद्यालय भर्ना अभियान संचालन गरी बिदालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई शिक्षामा पहूच बढाउन सामुदायिक सुधार केन्द्र जस्तै अन्य संस्थाहरुले पहल थालेका छन् ।
स्थानीय तह बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि सक्रिय हुनुपर्ने हो तर बालबालिकाको सवाल प्राथमिकतामा परेको पाइँदैनन् । बालबालिकाको भविश्यलाई वेवास्ता गरी समृद्ध समाजको परिकल्पना गर्न सकिदैन । बालबालिकाहरुलाई श्रममा नलाई औपचारिक रुपमा पुर्णकालिन रुपमा विद्यालय पठाउदा उनिहरुको शिक्षामा पहुँच बढ्नुका साथै सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तीका लागि नेपालले गरिरहेको कामलाई समेत सघाउछ । साना उमेरमा बालश्रममा लगेका हरु पछि गएर गरिबीको दलदलमा फसेर मानवीय जीवनको उचाई हासिल गर्न सकिदैन । स्थानीय तहहरुले सतप्रतिसत बालबालिकाहरुलाई औपचारिक रुपमा विद्यालयमा पुर्ण कालिन वस्ने र शिक्षा आर्जन गर्ने तर्फ थप सक्रियताका साथ लाग्नुपर्ने आवश्यक्ता रहेको छ ।

 

 

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

13 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

20 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

27 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

1 महीना पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

1 महीना पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..