एकीकृत प्रारम्भिक बालविकास सेवा सञ्चालन सम्बन्धि कार्यशाला सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
१९ गते भदौँ ।
एकिकृत प्रारम्भिक बालविकास सेवा सञ्चालन सम्बन्धि पाँच दिने कार्यशाला मंगलबार बर्दिबासमा सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गतका ८ ओटा स्थानीय तहहरु लालबन्दी नगरपालिका, चन्द्रपुर नगरपालिका, मिथिला नगरपालिका, कोल्हवी नगरपालिका, भंगाहा नगरपालिका, सिराहा नगरपालिका, कर्जन्हा नगरपालिका र पकाहा मैनपुर गाउँपालिकाको सहकार्य तथा युनिसेफ नेपाल र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राबिधिक सहयोग र पिपुल प्रमोट सेन्टरको समन्वयमा उक्त प्रारम्भिक बालविकास सम्बन्धी क्षमता अभिवृद्धि कार्यशालासफलतापूर्वक सम्पन्न भएको छ । सो कार्यशालाको मुख्य उद्देश्य प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति अनुरुप गर्भावस्था देखि ८ वर्ष सम्मका बालबालिकाको सर्वाङ्गीण विकासका लागि एकीकृत सेवा स्थानीय स्तरबाटनै प्रदान गरि सबै बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा तथा संरक्षण, उत्प्रेरणा र सरसफाईमा उचित पहुँच सहित गुणस्तरमा सुधार ल्याउनु रहेको थियो ।
यस आवासीय कार्यशालामा सम्बन्धित स्थानीय सरकारका शिक्षा शाखा प्रमुख र बालविकास संयोजकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस तालिमका सहभागीहरुलाई प्रारम्भिक बालविकासको अवधारणा, महत्व र तत्व तथा नेपालमा संचालित र संचालन गर्न सकिने प्रारम्भिक बालविकास सम्बन्धी कार्यक्रमहरु, नेपालमा प्रारम्भिक बालविकासको अवस्था, नीतिगत व्यवस्था र प्रावधानहरु तथा कार्यगत व्यवस्था, राष्ट्रिय योजना आयोगको भूमिका तथा प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८ को जानकारी, प्रारम्भिक बाल्यवस्थाका बालबालिकाको स्वास्थ्य, पोषण सम्बन्धी सेवाको प्रवाह, स्थानीय सरकारको नीतिगत व्यवस्था,कार्यक्रम तथा सेवाको पँहुच को बारेमा एकमुष्ट छलफल तथा समूह कार्यहरु गरियको थियो । यसैगरी स्थानीय तहमा प्रारम्भिक बालविकाससँग सम्बन्धित विभिन्न समिति तथा नीतिहरु, प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम, न्यूनतम मापदण्ड, प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड, निर्माणात्मक मूल्याङ्कन, स्थानीय तहको योजना तर्जुमा चरणहरु तथा एकीकृत प्रारम्भिक बालविकास योजना तर्जुमा तयारी, वडा स्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा प्रबोधिकरण तयारीकोबारेमा घनिभूत छलफल पनि भएको थियो ।
कार्यशालाको उद्घाटन गर्दै मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयका निमित महेन्द्र महतोले प्रारम्भिक बालविकासमा एकीकृत सेवा हुनुपर्ने र यसले गर्दा “प्रारम्भिक बालविकासमा लगानी दिगो राष्ट्र विकासमा थालनी“ भन्ने नारालाई चरितार्थ पार्ने कुरामा स्पष्ट पार्नु भएको थियो । यस तालिममा सहभागी भएका बालविकास संयोजकहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्ना क्षेत्रका बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक सेवाको एकीकरण तथा गुणस्तर अभिवृद्धिमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यशालाको सहजीकरण युनिसेफ नेपालका प्रारम्भिक बालविकास विशेषज्ञ डा. दिपु शाक्य ,सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका प्रकाश रेग्मी, रितिका दाहाल, रमा थपलियाबाट भएको थियो भने पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डलको अध्यक्षतामा यो कार्यशाला सम्पन्न भएको थियो । नेपाल सरकारको प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७–२०८८ अनुसार देशका सबै स्थानीय तहमा प्रारम्भिक बालविकास समिति तथा बालविकास संयोजकको व्यवस्था हुनुपर्ने भनिएता पनि २५ वटा पालिकामा मात्र यस्तो व्यवस्था छ ।
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
11 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
11 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
13 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
2 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
2 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
2 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
13 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
20 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
27 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..