प्रधानमन्त्रीसँग अमेरिकाका राजदूतको भेट

4 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ, कात्तिक ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उहाँले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभएको हो । सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाउनुभएको हो । त्यस्तै उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मित्रराष्ट्र अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न निरन्तर सघाउने प्रतिबद्धता जनाएको छ । नेपालका लागि अमेरिकाका तर्फबाट नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले आफ्नो पहिलो वक्तव्य जारी गर्दै जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा अमेरिकाले नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्ने प्रतिबद्धता जनाउनुभएको हो । नेपालका लागि अमेरिकको राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो सम्मानको विषय भएको उल्लेख गर्दै राजदूत थम्पसनले सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित नेपाल–अमेरिका सम्बन्धप्रति अटल प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ । उहाँले वक्तव्यमार्फत भन्नुभएको छ, “अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु ।”साथै नेपालको नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्न अग्रसर हुने राजदूत थम्पसनले जनाउनुभएको छ । नेपाल–अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाठको अवसरमा आफ्नो कार्यकालभन्दा अगाडिको समय हेर्दै पछिल्ला ७५ वर्षका ठूला उपलब्धिलाई उछिन्ने आशा उहाँले व्यक्त गर्नुभएको छ ।   साभार : गोरखापत्र

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 दिन पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

17 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

30 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

1 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले