द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज २२ गते ।
दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रममा बताइएको छ । समग्र जन उत्थान केन्द्र लहानको आयोजना ईन्टरनेशनल अलर्टको सहयोग तथा मधेश प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा मंगलबार जनकपुरधाममा भएको द्वन्द्व पिडित नीतिगत सवाल सम्बन्धमा प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै जनआन्दोलनका घाइतेहरुले आफुहरुलाई राज्यले वेवास्ता गरेको आरोप लगाएका छन् । केन्द्रका अध्यक्ष रामभरोशी महतोको अध्यक्षतामा भएको सो गोष्ठीमा बोल्दै मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले मन्त्रालयले द्वन्द्व पिडितहरुको समस्या विस्तारै ठोस रुपमा सम्बोधन हुने बताउनु भयो । उहाँले द्वन्द्व पिडितका लागि सरकारे तय गरेको कार्यक्रम चाडपर्व पछि गर्ने आश्वासन दिनुभएको छ ।
सो गोष्ठीमा बोल्दै मन्त्रालयका अधिकृत संजीव कुमार सिँहले माओबादी द्वन्द्व पिडितहरुका लागि सरकारले ११ करोड ४० लाख रुपैया वितरण गरेको जानकारी दिदै प्रदेश सरकार द्वारा द्वन्द्व पिडित, मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुलाई सधे भरी राहत मात्र वितरण गर्ने अवस्था नरहेकाले उनिहरुको दिर्घकालिन जिविकोपार्जनका लागि सिप सिकाउने योजना रहेको बताउनु भयो ।
उहाँले ८० लाख राखेर सरकारले सीप सिकाउने काम गरी चालु आर्थिक वर्षमै सीप सिकेकाहरुलाई सुरुमा सामग्री समेत हस्तानान्तरण गर्न समेत ८० लाख विनियोजना गरेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै द्वन्द्व पिडित सिरहा कर्जनहाका घाइते रामभरोशी महतोले सरकारले माओबादी द्वन्दका बेला तथा मधेश आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई समय समयमा राहत स्वरुप रकम दिएपनि सो आन्दोलनका क्रममा घाइते भएकाहरु त्था वेपत्ता पारिएका परिवारलाई खयालै नगरेको गुनासो पोख्नु भयो ।
यता, माओबादी द्वन्द्व कालमा आफ्ना पति गुमाएका धनुषाको बटेश्वर गाउँपालिकाका तारा महतो कुशवाहाले आफुहरु अहिले सम्म द्वन्द्व पिडितमा नै सिमित रहेको भन्दै सरकारले शहिद घोषणा भएपनि आफुहरुलाई शहिद परिवार भनेर नभनेको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँ शहिद परिवारको प्रमाणपत्र दिनुपर्ने माग गर्नुभयो । राज्य द्वन्द्व पिडितहरुलाई परिपुरनमा मात्र राखेको प्रति आलोचना गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै इन्सेक मधेश प्रदेश प्रमुख राजु पासमानले माओबादी द्वन्दकालमा देभरी १३ हजार २ सय २६ जनाको हत्या हुँदा मधेशमा एक हजार ६५ जना मारिएको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले ठोस कानुनको आभावमा पिडितहरुलाई परिपुरनको समस्या भईरहेको बताउनु भयो । सो कार्यक्रममा एडभोकेसी फोरमका मधेश प्रदेश प्रमुख अधिवक्ता राजकुमार महासेठले वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संसोधन ऐन २०८१ को बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । समग्र जनउत्थान केन्द्रले महिला र सीमान्तकृत समुहहरुलाई लैँगिक न्यायको सुदृढीकरण परियोजना अन्तरगत सो प्रदेश स्तरीय गोष्ठी गरेका थिए ।
सो गोष्ठीमा परियोजनाका कार्यक्रम संयोजक राम कृपाल शाहले परियोजनाको सम्बनधमा जानकारी गराउदै यसको कार्यक्षेत्र सप्तरीको कञ्चनरुप नगरपालिका, वलानबिहुल गाउँपालिका सिरहाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, करजन्हा नगरपालिका तथा महोत्तरीको बर्दिबास नगरपालिकामा परियोजना संचालनमा रहेको जानकारी गराउनु भयो ।
यी पालिकाहरुमा पीडितहरुको तथ्यांक अनुार माओबादी द्वन्द्व कालमा एक सय ४ जनाको हत्या, ६६ जनाको अपहरण तथा बन्धक बनाइएको,८ जनालाई बलपुर्वक वेपता पारिएको, ४१ जनालाई अंगभंग वा अपांग बनाइएको, ८८ जनालाई शारीरिक वा मानसिक यातना दिइएको , ४ जनालाई बालात्कार तथा यौन जन्य हिँसा गरिएको,१५ जनालाई सम्पत्ती लुटपाट गरिएको तथा १० लाई विस्थापित गरी कुल ३ सय ३६ जनालाई पीडित बनाइएको जानकारी दिनुभयो । सो गोष्ठीमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका अधिकृत राहुल कुमार ठाकुर, गैसस महासंघका मधेश प्रदेश संयोजक राम चन्द्र साह, मधेशी शहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य आयोजक संस्थाका उपाध्यक्ष अनिता कुमारी चौधरीले गर्नुभएको थियो ।
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
23 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..