एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसंख्या आधारित प्रतिनिधित्व घट्ने दाबी
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद’ अवधारणाप्रति असहमति जनाउँदै त्यसलाई अवैज्ञानिक तथा संविधानको मर्मविपरीत रहेको बताएको छ ।
पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा जिल्लालाई आधार बनाएर प्रतिनिधिसभा सदस्य निर्धारण गर्दा जनसंख्याको अनुपातमा सुनिश्चित हुनुपर्ने प्रतिनिधित्व कमजोर हुने तर्क गर्नुभएको छ । जारी े विज्ञप्तिमा जनसंख्याको आधारलाई बेवास्ता गरी ७७ जिल्लाबाट ७७ सांसद निर्वाचित गर्ने व्यवस्था लागू भए देशका धेरै नागरिकको प्रतिनिधित्व प्रभावित हुने उल्लेख गरिएको छ । तमलोपाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा देशको करिब ७५ प्रतिशत जनसंख्या बसोबास गरे पनि आयोगको प्रस्ताव कार्यान्वयन भए ती क्षेत्रको प्रतिनिधित्व प्रतिनिधिसभामा करिब ३३ प्रतिशतमा सीमित हुन सक्छ। विपरीत रूपमा पहाडी तथा हिमाली जिल्लामा बसोबास गर्ने करिब २५ प्रतिशत जनसंख्याले ६६ प्रतिशतसम्म प्रतिनिधित्व प्राप्त गर्ने अवस्था सिर्जना हुने दाबी गरिएको छ । पार्टीले निर्वाचन आयोगले आफ्नो संवैधानिक जिम्मेवारीभन्दा बाहिर गएर राजनीतिक प्रकृतिको सुझाव दिएको आरोप पनि लगाएको छ। आयोगको मुख्य भूमिका निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक सुझाव दिनु भए पनि प्रतिनिधित्वको संरचनासम्बन्धी प्रस्ताव अघि सार्नु उचित नभएको तमलोपाको भनाइ छ ।
यसैबीच, संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलप्रति पनि तमलोपाले प्रश्न उठाएको छ। कार्यदलले विभिन्न पक्षसँग परामर्श सुरु गर्नु अघि आफ्नो स्पष्ट अवधारणा र प्रारम्भिक धारणा सार्वजनिक गर्नुपर्ने माग पार्टीले गरेको छ । तमलोपाले प्रतिनिधित्वको आधार जनसंख्या नै हुनुपर्ने दोहो¥याउँदै संविधान संशोधनका विषयमा हुने बहसमा समावेशी र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएको छ ।
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
22 घन्टा पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
22 घन्टा पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
1 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
2 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
2 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
3 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
1 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
1 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
1 महीना पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
1 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..