देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन पाँच दलका नेताको माग

3 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न मधेशकेन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूले सरकारसँग माग गरेका छन्।

जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका तर्फबाट जयकान्त राउत, राष्ट्रिय निर्माण दलका तर्फबाट समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै देवानगञ्ज घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा साम्प्रदायिक रूपमा संवेदनशील घटनामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रही काम गर्नुपर्ने उल्लेख गर्दै घटनापछिको प्रहरी हस्तक्षेप र बल प्रयोगबारे गम्भीर प्रश्न उठेको जनाइएको छ। त्यसको निष्पक्ष र पारदर्शी छानबिन गरी सत्य सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ।

नेताहरूले प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति आश्वस्त पार्नुपर्ने बताएका छन्। साथै घटनामा मृत्यु भएकाहरूलाई सहिद घोषणा, उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता तथा सामाजिक सुरक्षा उपलब्ध गराउन पनि माग गरेका छन्।

विज्ञप्तिमा घटनामा कुनै बाह्य तत्व वा संगठित समूहको संलग्नता रहेको वा नरहेको विषय स्वतन्त्र र निष्पक्ष अनुसन्धानबाट स्पष्ट पारिनुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी घटनाको नैतिक जिम्मेवारी वहन गर्दै गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने तथा बल प्रयोगमा संलग्न भएको आरोप लागेका प्रहरी र प्रशासनिक अधिकारीलाई अनुसन्धान अवधिसम्म निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरिएको छ।

घाइते सबै नागरिकको निःशुल्क उपचार, आवश्यक राहतको व्यवस्था तथा साम्प्रदायिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र समुदायका नेतृत्वसँग समन्वयात्मक पहल गर्न सरकारलाई आग्रह गरिएको छ।

संयुक्त विज्ञप्तिमा पछिल्ला दिनमा मधेशका विभिन्न क्षेत्रमा देखिएका तनावपूर्ण घटनाबारे पनि निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरिएको छ। साथै सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत गरिएको छ।

नेताहरूले सम्पूर्ण नागरिकलाई संयम, धैर्यता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै अफवाह, घृणा र उत्तेजनाबाट टाढा रहन आग्रह गरेका छन्। न्यायबिना शान्ति सम्भव नहुने र निष्पक्ष छानबिनबिना जनविश्वास पुनःस्थापित हुन नसक्ने उल्लेख गर्दै सरकारले सत्य, न्याय र उत्तरदायित्वको आधारमा पीडितलाई न्याय दिलाउने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने ठोस कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

2 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

2 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

2 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

3 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

15 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

16 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

2 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

3 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

28 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

29 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले