देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन पाँच दलका नेताको माग

2 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न मधेशकेन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूले सरकारसँग माग गरेका छन्।

जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका तर्फबाट जयकान्त राउत, राष्ट्रिय निर्माण दलका तर्फबाट समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै देवानगञ्ज घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा साम्प्रदायिक रूपमा संवेदनशील घटनामा राज्यका निकायले संयम, निष्पक्षता र कानुनी मर्यादाभित्र रही काम गर्नुपर्ने उल्लेख गर्दै घटनापछिको प्रहरी हस्तक्षेप र बल प्रयोगबारे गम्भीर प्रश्न उठेको जनाइएको छ। त्यसको निष्पक्ष र पारदर्शी छानबिन गरी सत्य सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ।

नेताहरूले प्रधानमन्त्रीले तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई शान्ति, सद्भाव, न्याय र कानुनी शासनप्रति आश्वस्त पार्नुपर्ने बताएका छन्। साथै घटनामा मृत्यु भएकाहरूलाई सहिद घोषणा, उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता तथा सामाजिक सुरक्षा उपलब्ध गराउन पनि माग गरेका छन्।

विज्ञप्तिमा घटनामा कुनै बाह्य तत्व वा संगठित समूहको संलग्नता रहेको वा नरहेको विषय स्वतन्त्र र निष्पक्ष अनुसन्धानबाट स्पष्ट पारिनुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी घटनाको नैतिक जिम्मेवारी वहन गर्दै गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने तथा बल प्रयोगमा संलग्न भएको आरोप लागेका प्रहरी र प्रशासनिक अधिकारीलाई अनुसन्धान अवधिसम्म निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि गरिएको छ।

घाइते सबै नागरिकको निःशुल्क उपचार, आवश्यक राहतको व्यवस्था तथा साम्प्रदायिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र समुदायका नेतृत्वसँग समन्वयात्मक पहल गर्न सरकारलाई आग्रह गरिएको छ।

संयुक्त विज्ञप्तिमा पछिल्ला दिनमा मधेशका विभिन्न क्षेत्रमा देखिएका तनावपूर्ण घटनाबारे पनि निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरिएको छ। साथै सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत गरिएको छ।

नेताहरूले सम्पूर्ण नागरिकलाई संयम, धैर्यता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै अफवाह, घृणा र उत्तेजनाबाट टाढा रहन आग्रह गरेका छन्। न्यायबिना शान्ति सम्भव नहुने र निष्पक्ष छानबिनबिना जनविश्वास पुनःस्थापित हुन नसक्ने उल्लेख गर्दै सरकारले सत्य, न्याय र उत्तरदायित्वको आधारमा पीडितलाई न्याय दिलाउने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने ठोस कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।

 
 
 

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

8 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

8 घन्टा पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

2 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

3 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

4 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

4 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

1 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

1 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

1 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

3 महीना पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..

काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..