निर्वाचन विथोल्न २३ वटा समूह सक्रिय,नियन्त्रण गर्न गृहको निर्देशन
4 वर्ष पहिले प्रकाशित
Smrititimes
विराटनगर । मंसिर ४ गते हुने निर्वाचन विथोल्नका लागि २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले जनाएको छ । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीका मन्त्रालयका प्रवक्ता एवं सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले साना तथा ठूला २३ वटा समूह निर्वाचन विरोधी गतिविधिमा सक्रिय रहेको बताएका हुन् ।
‘निर्वाचनको सबै तयारी भइसकेको बताउँदै उनले निर्वाचन विरोधी गतिविधि गर्नेहरुई नियन्त्रण गर्न निर्देशन दिए । ‘ निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न समूह सक्रिय छन्,’ उनले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूह अलि धेरै संख्याको पनि छ ।’
निर्वाचन विरोधी समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न तथा निष्तेज पार्न र निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ एवं निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए । सुरक्षाका दृष्टिकोणले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी रहेको उनको भनाइ छ । उनका अनुसार उचित सुरक्षा प्रबन्ध मिलाएर अति संवेदनशील र संवेदनशील मतदानस्थललाई सामान्यीकरण गर्दै लगिने छ । निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको पोखरेल बताउँछन् । उनका अनुसार मतदातामा त्रास उत्पन्न नहुने हिसाबले सुरक्षा व्यवस्था मिलाइएको छ । साथै समयमा हतियार नबुझाउनेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशनसमेत दिएको छ । मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने मन्त्रालयले जनाएको छ । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी मन्त्रालयले दिएको छ । गृह प्रवक्ता पोखरेलले निर्वाचनका लागि राज्यका सबै स्रोत साधनको प्रयोग गरिएको जानकारी दिए ।
प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेशको सुरक्षा व्यवस्था मजवुत बनाउन सरकार गम्भीर रहेको जानकारी दिए । ‘प्रदेश १ ले शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ,’ उनले भने, ‘निर्वाचन सफल बनाउन सुरक्षा निकाय सक्रिय बनेका छन् ।’ दैनिक काम कारबाहीसँगै निर्वाचनलाई सफल बनाउन शान्ति सुरक्षालाई खलल पुर्याउने समूहको पहिचान गरेर नियन्त्रण गर्न सुरक्षा संयन्त्रले काम गरिरहेको कार्कीले बताए । निर्वाचनलाई लक्षित गरेर अवरोध पुर्याउने सम्भावित स्थानको ‘रेकी’ गर्ने काम भइरहेको जानकारी उनले दिए ।
गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठीमा गृह सचिव विनोदप्रकाश सिंह, प्रदेश १ का निमित्त सचिव किशोरकुमार चौधरी, नेपाली सेनाको बलाधिकृत विभागका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्रका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा लगायत सहभागी छन् । साभार : कोसी अनलाइन
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
3 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
3 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
3 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
8 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
19 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
21 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
22 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
27 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
29 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..