जसपाको घोषणापत्र- पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली (पूर्णपाठ)
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्दा सहित घोषणापत्र सार्वजनिक गरेको छ ।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच जसपाले जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने, प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने मुद्दा सहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।जसपाले कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनौट गरी मन्त्रिपरिषद् बनाउने र शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञमध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने उल्लेख गरेको छ ।संघीय संसद् र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने तथा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने एजेन्डा जसपाको छ ।त्यस्तै पहिचानलाई बेवास्ता गरी प्रशासनिक संघीयता आत्मसात् गरेको भन्दै जसपाले राष्ट्रिय पहिचानसहितको संघीयताको ढाँचामा पुनः राज्यको पुनर्संरचना गर्ने संकल्प अघि सारेको छ ।
कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको र विकृति पैदा गरेको भन्दै यस्तो निर्वाचन प्रणालीले निरन्तरता पाए सामान्य नागरिकले चुनाव लड्न नसक्ने अवस्था आउने बताए । उनले मुलुकको न्याय प्रणालीको पनि पुनर्संरचना गर्नुपर्ने धारणा राखे ।त्यस्तै अध्यक्ष यादवले संसद्बाट दुई पटक पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले धेरै आशंका पैदा भएको र भविष्यमा यसले राम्रो उदाहरण नलिने तर्क गरे ।सरकारले विधेयक पास गर्ने र राष्ट्रपतिले प्रमाणीकरण नगर्ने हो भने सिस्टम नै कोल्याप्स हुने उनको भनाई छ । उनले नेपाली नागरिकलाई नागरिकता दिन लामो समयदेखि नै संघर्ष गर्दै आएको उक्त मुद्दा अहम् मुद्दा भएको बताए ।
त्यस्तै कार्य क्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाअभियोग लगाउन सकिने व्यवस्था गर्ने पनि जसपाको घोषणापत्रमा उल्लेख छ ।सांस्कृतिक बहुलता र जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै धर्मनिरपेक्ष राज्यको सिर्जना गर्न तथा मुलुकको सामाजिक सद्भाव बिथोल्ने जातिवादी र रङ्गभेदी नीतिको साथै वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय लगायत सबै खाले उत्पीडनको अन्त्य गर्ने जसपाले जनाएको छ ।संविधानमा रहेका त्रुटि र अपूर्णताहरूलाई संविधान संशोधनमार्फत पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थान गर्ने जसपाको घोषणापत्रमा उल्लेख छ ।
यस्तै शक्ति जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिबद्धता पनि जसपाको छ ।साभार : नेपाल प्रेस
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
23 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
23 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
30 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
1 महीना पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले