आगामी सरकार काँग्रेसको नेतृत्वमा बन्ने : प्रवक्ता डा.महत

4 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूको पक्षमा मुलुकभरि जनलहर देखिएकाले आगामी सरकार काँग्रेसको नेतृत्वमा बन्ने पक्का भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले काँग्रेसले कुरा कम गर्ने तर काम बढी गर्ने पार्टी  भएकाले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतदेखि नै विकास निर्माणको काममा गति दिनुका साथै जनताको जनजीविकाको पक्षमा काम गरेको बताउनुभयो । उहाँले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा नेकपा एमालेका अवरोधका कारणले लागु गर्न नसकेको बताउँदै काँग्रेसको नेतृत्वमा बन्ने अगामी सरकारले नागरिकता समस्याको समाधान गर्ने बताउनुभयो । 

प्रवक्ता डा.महतले मुलुकलाई तोड्ने तथा बिगार्ने शक्तिको पक्षमा नेपाली जनता नभएको भन्नुहुँदै काँग्रेसले मुलुक तथा जनतालाई जोड्ने काम गरेको बताउनुभयो  । उहाँले वर्तमान संविधानको रक्षा गर्दै संविधानको कमी कमजोरीहरूलाई संशोधन गरी संविधानको परिमार्जनको पक्षमा पार्टी भएको समेत बताउनुभयो । उहाँले कोरोना महामारीको समयमा मुलुक अस्तव्यस्त बनेको बेला कमिसनमा कुरा नमिलेपछि समयमा खोप खरिद नभएका कारणले धेरै जनताले अनाहकमा ज्यान गुमाउनुपरेको बताउँदै काँग्रेस नेतृत्वमा सरकार बनेपछि खोप खरिद भएर जनताको जीउ धनको रक्षा गरेको दाबी गर्नुभयो । काँग्रेसका प्रवक्ता डा. महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई वर्तमान गठबन्धन सरकार बनेपछि सुधार गरेर समानताको आधारमा सन्तुलित बनाउने काम गरेको बताउनुभयो । साभार : रेडियो नेपाल

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

2 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

2 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

3 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

3 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

3 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

8 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

19 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

21 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

22 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

27 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

29 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले