निर्वाचन सुरक्षाका लागि आज काठमाडौंबाट १२ हजार प्रहरी जिल्ला पठाइयाे
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाआजबाट काठमाडौं उपत्यकाबाट करिब १२ हजार प्रहरी जिल्लामा परिचालन भएका छन्।प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट बाहिरका जिल्लामा थप मदतका लागि ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन भएको जानकारी दिए।‘उनीहरू आजबाट जिल्लातर्फ हिडिसक्नुभएको छ । मतदान स्थल र मतदान केन्द्रको सुरक्षाका लागि उहाँहरू परिचालन हुनुहुने छ’, डीआईजी राईले भने।मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थापनका लागि प्रहरीहरु १२ दिन अघिनै जिल्ला पठाउन सुरु गरेको हो।
काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ३ हजार ८ सय २ जना प्रहरी मधेश प्रदेशमा थप मद्धतका लागि जाँदैछन्।निर्वाचन सुरक्षाका लागि यसअघि नै एक लाख म्यादी प्रहरीहरू परिचालन भइसकेका छन्। मतदान केन्द्रको सुरक्षामा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुनेछन्। त्यसभन्दा बाहिर राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल आर्मी परिचालन हुने छ।‘मतदान केन्द्र आसपासमा प्रहरीकै मोबाइल टोली र रिजर्भ टोली पनि रहने छ’, प्रवक्ता राईले भने। जुनियर प्रहरी अधिकृतले मतदान केन्द्रको कमान्ड सम्हाल्नेछन्। सुरक्षा जोखिम र चुनौतीका आधारमा गृह मन्त्रालयले मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तप्न भागमा बाँडेको छ।देशभरका करिब २२ हजार मतदान केन्द्रमध्ये ३ हजार ६५ वटालाई अति संवेदनशील र ४ हजार ४ सय ७८ वटालाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ। बाँकीलाई सुरक्षा जोखिमका हिसाबले सामान्य मतदान केन्द्र मानिएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता राईले विगतको निर्वाचनका अनुभव र भएका घटनालाई विश्लेषण गरेर सुरक्षा चुनौती आङ्कलन गरिएको र त्यसै आधारमा मतदान केन्द्रहरूको विश्लेषण गरिएको बताए।प्रहरीले निर्वाचन अवज्ञा गरेका विप्लव नेतृत्वका पार्टीसहितका दलहरू, भौगोलिक विकटता, अन्तर पार्टी विवाद, उम्मेदवारको पृष्ठभूमि, नेताहरूका ‘हेट स्पीच’ र सामाजिक सञ्जालको दुरुपयोगलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ। यस्तै खुला सिमानाबाट हुने सक्ने आपराधिक गतिविधिलाई पनि ध्यानमा राखेको प्रवक्ता राईले बताए। निर्वाचनमा उठेका उम्मेदवारको सुरक्षा व्यवस्था पनि मिलाइएको बताइएको छ।साभार : नेपाल प्रेस
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
23 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
23 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
30 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
1 महीना पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले