महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
3 वर्ष पहिले प्रकाशित
Smrititimes
महोत्तरी। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी-४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।महोत्तरी-४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले-जसपा गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन्।
जसमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या छ छ। चुनावी प्रतिस्पर्धामा दुई गठबन्धनका अतिरिक्त जनमत पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालसहितका दलका उम्मेदवार छन्।यद्यपि यहाँ निवर्तमान सांसद डा यादव र नेकां केन्द्रीय सदस्य रायबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिँदैछ। निर्वाचनमा खुला प्रचारको अवधि सकिनैलाग्दा धेरैजसो अन्तिम आकर्षक सभाको तयारीमा जुटेका छन्।निर्वाचनको मतदान कार्यक्रम अब चार दिनमात्र बाँकी हुँदा आम सर्वसाधारणमा चुनाव परिणाम कस्तो होला भन्ने खुल्दुली र चासो देखिन्छ। क्षेत्रमा धेरैजसो डा यादव र कांग्रेस केन्द्रीय सदस्यबीच मुख्य प्रतिस्पर्धाकै चर्चा गरिएको पाइएको छ।
यसअघि २०७४ मा डा यादव त्यतिखेरको वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मोहम्मद रजि हैदरलाई पछि पार्दै विजयी भएका थिए। त्यतिखेरका मुख्य प्रतिस्पर्धी हैदर अहिले रायको पक्षमा छन्।सत्ता गठबन्धनबाट राय उम्मेदवार छन्। त्यसबाहेक सत्ता गठबन्धनआवद्ध माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेता-कार्यकर्ता रायको पक्षमा जुटेका छन्।यो गठबन्धनआवद्ध राष्ट्रिय जनमोर्चाको भने यहाँ गतिविधि देखिँदैन। त्यसैगरी जसपा र एमालेका नेता कार्यकर्ता डा यादवको पक्षमा जुटेका छन्।खुला प्रचारको अवधि सकिनै लाग्दा उम्मेदवारले प्रचार अभियान झन तीव्र बनाएका छन्। जसपाका डा यादव पनि सहयोगी दल एमालेका स्थानीय नेतासाथ सघन भेटघाट र एकै दिन कैयौँ ठाउँमा कोणसभा गरिरहेका छन्।महोत्तरी-४ मा औरही नगरपालिकाका छ, मनराशिवा नगरपालिकाका सात, रामगोपालपुर नगरपालिकाका नौ (सबै), सम्सी गाउँपालिकाका सात (सबै) र सोनमा गाउँपालिकाका आठ (सबै) गरी जम्मा ३७ वडा समेटिएका छन्। प्रदेशसभा (१) मा १८ र प्रदेशसभा (२) मा १९ वडा छन्।
महोत्तरी-४ प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१) र (२) मा क्रमशः सत्ता गठबन्धनबाट क्रमशः लोसपाका कौशलकुमार राय (यादव) र नेकपा (माओवादी केन्द्र)का लालेन्द्रकुमार मण्डल छन्।उनीहरूमध्ये राय यसअघि सोही प्रदेशसभा क्षेत्रबाट सङ्घीय समाजवादी पार्टी (पछि जसपा)बाट निर्वाचित भए पनि यसपटक लोसपाबाट उम्मेदवार बनेका हुन्। त्यसैगरी मण्डल विसं २०६४ को पहिलो संविधानसभा सदस्य थिए।यसैगरी एमाले-जसपा गठबन्धनबाट प्रदेशसभा क्षेत्र (१) मा एमालेका केन्द्रीय सदस्य सरोज यादव र (२) बाट जसपाका यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा उम्मेदवार छन्। प्रदेशसभामा पनि यिनै दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।प्रदेशसभा क्षेत्र (१) मा तीन महिलासहित २५ उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ छ। त्यसैगरी प्रदेशसभा क्षेत्र (२) मा २० उम्मेदवार रहेका छन्। यहाँ एक मात्र महिला उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारको सङ्ख्या १४ रहेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए।महोत्तरी-४ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता छन्। कुल ६० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र कायम गरिएको छ।साभार : डिसी नेपाल
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
22 घन्टा पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
22 घन्टा पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
22 घन्टा पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
2 दिन पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
4 दिन पहिले
पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..
जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि सँ शुरू होय रहल अछि । बाह..
4 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
1 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..
जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..
जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..