मधेश प्रदेशमा हालसम्मकै शान्तिपूर्ण निर्वाचन : मानव अधिकार आयोग

4 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगले मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निक्कै शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रदेशवासीमा धन्यवाद ज्ञापन गरेको छ । मानव अधिकार आयोग मधेश प्रदेशले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेश प्रदेशका ८ वटै जिल्लामा मधेशी तथा मुस्लिम आयोगको समेत सहभागितामा भएको निर्वाचनको अनुगमनको क्रममा सामान्य विवाद बाहेक प्रदेश भरिका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण तथा जनताको उत्साहका साथ निर्वाचनमा सहभागी भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।निर्वाचन अगाडि, निर्वाचनका दिन तथा निर्वाचनपछि तीनै चरणको अनुगमन आयोगले गरेको बताउँदै आयोगका सदस्य सूर्य प्रसाद ढुङ्गेलले जानकारी दिँदै समग्रमा निर्वाचन निक्कै शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनु भयो ।   

आयोगका सदस्य ढुङ्गेलले मधेश प्रदेशका मतदाता एवं आम जनताले शान्तिपूर्ण रुपमा आफ्नो अभिमत जाहेर गरेर मधेश प्रदेश प्रतिको विगतमा भएको नकारात्मक भावनालाई हटाएर अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिनमा सफल भएको बताउनु भयो । 

निर्वाचनका लागि शान्ति सुरक्षाको राम्रो व्यवस्थाका साथै पर्चा पम्लेट तथा ब्यानर कमै मात्रामा प्रयोग भएको, ध्वनि प्रदूषण कमै भएको र आम मतदाताहरू पनि सजग र सचेत हुन थालेको पाइएको सदस्य ढुङ्गेलले जानकारी दिनु भयो । यसका साथै बालबालिकाको प्रयोग नगण्य मात्रामा भएको पाइएको पनि आयोगले जनाएको छ । मधेश प्रदेशमा मतदाता शिक्षाको कमी, निर्वाचन आयोगले व्यवस्था गरेको टोल फ्रि नम्बरको बारेमा मधेसका जनताले अनभिज्ञता प्रकट गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख रहेको छ । यसका साथै निर्वाचन गराउनका लागि विद्यालय परिसरको प्रयोग भएका कारणले विद्यालयको पठन पाठन पाँच दिन ठप्प पार्ने काम भएको र निर्वाचन सकिए पनि निर्वाचनमा प्रयोग भएका सामाग्रीहरू तथा विद्यालयको पर्खालमा भएका पर्चा पम्लेट सहितका अन्य सामाग्रीहरू जस्ताको त्यस्तै रहेको मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदनमा समेटिएको छ । आयोगले महिलाहरूको आयोगको मतदाता नामावलीमा नाउँ नभएको र वाली लगाउने तथा भित्र्याउने वेला भएका कारणले आम जनतामा मतदान प्रति कम उत्साह भएको आयोगको मधेश प्रदेशले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनमा उल्लेख गरेको छ । पत्रकार सम्मेलनको संयोजन आयोगका मधेश प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले गर्नु भएको छ ।  साभार : रेडियो नेपाल

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

19 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

19 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

17 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..

3 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

3 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

3 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

3 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..