विश्व मत्स्य दिवसमा तीन व्यवसायी सम्मानित
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । “जलीय जैविक विविधताको संरक्षण व्यावसायिक मत्स्य पालनको प्रवद्र्धन” मूल नारासहित विश्व मत्स्य दिवस २०७९ जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा मधेश प्रदेशको मत्स्य उत्पादन तथा व्यवसायीकरणको क्षेत्रमा विशिष्ट योगदान दिएका तीन जना मत्स्य उत्पादक तथा प्राविधिकलाई आज जनकपुरधाममा सम्मान गरिएको छ ।

मत्स्य मानव संसाधन विकास प्रविधि परीक्षण केन्द्र जनकपुरधामले आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मत्स्य विकासमा प्राविधिक योगदान दिनुभएका पूर्व मत्स्य विकास अधिकृत रामविलास ठाकुर, धनुषाको क्षिरेश्वर नगरपालिकाका युवा मत्स्य उत्पादक एवं व्यवसायी रामकेवल मुखिया र सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका मत्स्य ह्याचरीका सञ्चालक भरत यादवलाई दोसल्ला, खादासहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।उहाँहरूलाई नेपालका वरिष्ठ मत्स्य व्यवसायी बौएलाल मुखिया, मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा.जागेश्वर यादव तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।
कार्यक्रममा निर्देशक डा.जागेश्वर यादवले नेपालको विकास र समृद्धिको आधार कृषि तथा पर्यटन भएको चर्चा गर्नुहुँदै त्यसमा पनि मत्स्य क्षेत्रको योगदान निरन्तर बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।सो अवसरमा नेपालमा मत्स्य उत्पादनको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले नेपालमा विगत केही वर्षदेखि माछाको उत्पादनमा निरन्तर रुपमा वृद्धि भएको तथ्याङ्क दिनुहुँदै नेपालमा उत्पादन हुने गरेको ७३ हजार ६ सय ९३ मेट्रिक टन माछा मध्ये मधेश प्रदेशमा मात्र ४२ हजार १९ मेट्रिक टन उत्पादन हुने गरेको बताउनुभयो ।

सम्मानित भएका व्यवसायी मध्ये युवा व्यवसायी रामकेवल मुखियाले माछाको उत्पादन तथा व्यवसायीकरणले इज्जतका साथै राम्रो आय आर्जन हुने भएको बताउँदै नेपालमा अहिले पनि दाना, मलखाद्य, प्रविधि तथा प्राविधिकको समस्या भएको बताउनुभयो । यसअघि केन्द्रका प्रमुख रविलाल शर्माको अगुवाइमा प्लेकार्ड, ब्यानर, पोस्टरसहित निस्केको जनचेतनामूलक र्यालीसहित नगरको परिक्रमा गरिएको थियो । यसै उपलक्ष्यमा जनकपुरधामको गंगा सागरमा माछाको भुरा हाल्ने काम भएको छ भने कमला तथा कोसीमा दिउँसो माछाको भुरा हाल्ने कार्यक्रम रहेको छ । साभार : रेडियो नेपाल
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
16 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
16 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
17 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
30 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
1 महीना पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले