‘कांग्रेस र देउवाको नेतृत्वमा नै नयाँ सरकार बन्छ’

4 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं। मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धनले सरकार गठनको गृहकार्य सुरु गरेको छ।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छुट्टा छुट्टै छलफल भएको थियो।उनीहरुबीच निर्वाचनको समग्रह परिणाम आएपछि सरकार गठनलाई तीव्रता दिने उनीहरुबीच सहमति भएको छ। उता नयाँ सरकार गठनका बारेमा शक्तिकेन्द्रहरुले पनि चासो राख्न थालका छन् भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन्।दलहरुबीच शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको छ। गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेस नेतृत्वमै सरकार गठन हुने नेताहरुले बताउने गरेका छन्। तर शक्ति बाँडफाँटका विषयमा सहमति गर्दा सरकारको नेतृत्वमा फेरबदल पनि आउने सक्ने नेताहरुले बताएका छन्।निर्वाचन अघि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको बताइएको छ। तर पहिला कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ सरकार गठनका विषयमा गठबन्धन दलका नेताहरुबीच छलफल सुरु भएको बताए। तर गठबन्धनको मुख्य घटक र निर्वाचनपछि सबैभन्दा ठूलो दल भएका हिसावले अब सरकार कांग्रेस नेतृत्वमा नै गठन हुने बताए।‘भावी सकारकार नेतृत्व कांग्रेसले गर्ने कुरामा शंका छैन,’ डा.महतले डिसी नेपालसँग भने, ‘कांग्रेसको नेतृत्वमा सरकार गठन हुँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री हो।’उनले संसदीय दलको चुनावमा जुन सांसदले पनि प्रतिस्पर्धा गर्न पाउने उल्लेख गर्दै सरकारको नेतृत्व भने देउवाले नै गर्ने दाबी गरे।कांग्रेसभित्र गगन थापले संसदीय दलको चुनावमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन्।साभार : डिसी नेपाल

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

2 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

2 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

2 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

3 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

3 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

7 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

18 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

20 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

21 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

27 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

28 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..