मुख्यमन्त्रीको चर्चा सुरु आकाङ्क्षी धेरै
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सरकार नेतृत्वको चर्चा चल्न थालेको छ। मधेश सरकार कुन दल र कसको नेतृत्वमा बन्ने कुरा चिया पसलदेखि दुई/चार जनाको जम्काभेटमा समेत चल्ने गरेको छ। मधेश प्रदेश प्रत्यक्षतर्फको मतगणनाअनुसार सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ तर दलको हिसाबमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन्। समानुपातिकको मत गन्न बाँकी नै छ। समानुपातिक मत परिणामको आधारमा पाउने सङ्ख्या यकिन भइसकेपछि मात्र पहिलो दल छुट्याउन सकिन्छ। प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेस १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सात, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चार र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चार गरी २८ सिट पुगेको छ। नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमध्ये एमाले १५ र जसपा नौ गरी २४ सिट पुगेको छ। यसरी हेर्दा प्रदेशमा सत्ता गठबन्धन बलियो अवस्थामा छ। यस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल १०७ सभा सदस्य सिट सङ्ख्या छ। सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ। यसका लागि समानुपातिक मतगणनाको अन्तिम परिणामसम्म कुर्नुपर्ने हुन्छ। पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टीबाट छ र स्वतन्त्र छ जना गरी १२ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। सरकार बनाउन उनीहरूको भूमिका निर्णायक हुने अनुमान गरिएको छ। जनमत र स्वतन्त्रका सबै सभा सदस्यले जुन गठबन्धनलाई समर्थन गर्छन् त्यो गठबन्धन बलियो हुन सक्ने आकलन गरिएको छ। गठबन्धन दलका शीर्ष नेतृत्वले जनमत पार्टी र स्वतन्त्र सभा सदस्यसँग आन्तरिक रूपमा सरकारमा सहभागी हुन पहल थालेका छन्। सरकार कुन दलको नेतृत्वमा गठन गर्ने भन्नेमा समानुपातिकको परिणामलाई पर्खिनुको विकल्प छैन। प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको एमाले र दोस्रो बनेको कांग्रेसभित्रका निर्वाचित प्रदेश सभा सदस्यमध्येका केहीको नाम मुख्यमन्त्री बन्ने चर्चामा छन्। एमालेका मधेश प्रदेशका सहइन्चार्ज सुमनराज प्याकुरेलले प्रदेशमा एमाले पहिलो पार्टी बनेको कारण नेतृत्व एमालेकै हुनुपर्ने दाबी गर्नुभएको छ। समानुपातिकको परिणाम आउन अझै बाँकी रहेकोले सम्पूर्ण परिणाम आइसकेपछि मात्र कसको नेतृत्वमा सरकार बनाउने निर्णय गरिने उहाँले बताउनुभयो। एमालेभित्र मुख्यमन्त्री बन्न योग्य, क्षमतावान प्रदेश सभा सदस्यमा डा. सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखी रहेको उहाँले उल्लेख गर्नुभयो।
त्यस्तै नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेश सभा सदस्य कृष्णप्रसाद यादव रहेको बताउनुभयो। कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकाङ्क्षी रहेको चर्चा चल्ने गरेको छ। यस्तै जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्यो भने पनि वर्तमान मुख्यमन्त्री लालबाबु राउतले फेरि नेतृत्व लिने सम्भावना कम देखिएको छ। जसपाबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअशिष यादव मुख्यमन्त्री बन्नसक्ने चर्चा छ। यस प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेश सभा सदस्यका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सदस्यमा एमालेले नौ, कांग्रेस सात, जसपा छ, लोसपा तीन, जनमत पार्टीले एक र स्वतन्त्र तीन, नेकपा (माओवादी केन्द्र) एक, नेकपा (एकीकृत समाजवादी) पार्टी दुई सिट जितेको छ। साभार : गोरखापत्र
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
6 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
6 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
7 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
7 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
7 दिन पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
7 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
16 दिन पहिले
एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..
जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..
19 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
4 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
4 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
4 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
4 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..