मुख्यमन्त्रीको चर्चा सुरु आकाङ्क्षी धेरै

4 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ।  मधेश प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सरकार नेतृत्वको चर्चा चल्न थालेको छ। मधेश सरकार कुन दल र कसको नेतृत्वमा बन्ने कुरा चिया पसलदेखि दुई/चार जनाको जम्काभेटमा समेत चल्ने गरेको छ। मधेश प्रदेश प्रत्यक्षतर्फको मतगणनाअनुसार सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ तर दलको हिसाबमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन्। समानुपातिकको मत गन्न बाँकी नै छ। समानुपातिक मत परिणामको आधारमा पाउने सङ्ख्या यकिन भइसकेपछि मात्र पहिलो दल छुट्याउन सकिन्छ।  प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेस १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सात, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चार र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र चार गरी २८ सिट पुगेको छ। नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमध्ये एमाले १५ र जसपा नौ गरी २४ सिट पुगेको छ। यसरी हेर्दा प्रदेशमा सत्ता गठबन्धन बलियो अवस्थामा छ। यस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल १०७ सभा सदस्य सिट सङ्ख्या छ। सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ। यसका लागि समानुपातिक मतगणनाको अन्तिम परिणामसम्म कुर्नुपर्ने हुन्छ। पहिलो पटक निर्वाचनमा सहभागी जनमत पार्टीबाट छ र स्वतन्त्र छ जना गरी १२ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। सरकार बनाउन उनीहरूको भूमिका निर्णायक हुने अनुमान गरिएको छ। जनमत र स्वतन्त्रका सबै सभा सदस्यले जुन गठबन्धनलाई समर्थन गर्छन् त्यो गठबन्धन बलियो हुन सक्ने आकलन गरिएको छ। गठबन्धन दलका शीर्ष नेतृत्वले जनमत पार्टी र स्वतन्त्र सभा सदस्यसँग आन्तरिक रूपमा सरकारमा सहभागी हुन पहल थालेका छन्। सरकार कुन दलको नेतृत्वमा गठन गर्ने भन्नेमा समानुपातिकको परिणामलाई पर्खिनुको विकल्प छैन। प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको एमाले र दोस्रो बनेको कांग्रेसभित्रका निर्वाचित प्रदेश सभा सदस्यमध्येका केहीको नाम मुख्यमन्त्री बन्ने चर्चामा छन्। एमालेका मधेश प्रदेशका सहइन्चार्ज सुमनराज प्याकुरेलले प्रदेशमा एमाले पहिलो पार्टी बनेको कारण नेतृत्व एमालेकै हुनुपर्ने दाबी गर्नुभएको छ। समानुपातिकको परिणाम आउन अझै बाँकी रहेकोले सम्पूर्ण परिणाम आइसकेपछि मात्र कसको नेतृत्वमा सरकार बनाउने निर्णय गरिने उहाँले बताउनुभयो। एमालेभित्र मुख्यमन्त्री बन्न योग्य, क्षमतावान प्रदेश सभा सदस्यमा डा. सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखी रहेको उहाँले उल्लेख गर्नुभयो।

त्यस्तै नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेश सभा सदस्य कृष्णप्रसाद यादव रहेको बताउनुभयो। कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकाङ्क्षी रहेको चर्चा चल्ने गरेको छ।  यस्तै जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्यो भने पनि वर्तमान मुख्यमन्त्री लालबाबु राउतले फेरि नेतृत्व लिने सम्भावना कम देखिएको छ। जसपाबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअशिष यादव मुख्यमन्त्री बन्नसक्ने चर्चा छ। यस प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका ३२ र प्रदेश सभा सदस्यका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ। प्रतिनिधि सभा सदस्यमा एमालेले नौ, कांग्रेस सात, जसपा छ, लोसपा तीन, जनमत पार्टीले एक र स्वतन्त्र तीन, नेकपा (माओवादी केन्द्र) एक, नेकपा (एकीकृत समाजवादी) पार्टी दुई सिट जितेको छ।   साभार : गोरखापत्र

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

14 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

14 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

3 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

17 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

3 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

29 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

30 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले