मतदाताले विस्वास गरेका महिला नेतृत्व

4 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा, जनकपुरधाम १६ गते मंसिर | गत मंसिर ४ गते भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि धनुषा लगायत देशभरी सम्पन्न निर्वाचनको मतपरिणाम आईसकेका छन् । यस मतपरिणामलाई हेर्दा संसद भवनमा धेरै नयाँ अनुहार हेर्नमा आएको छ । ती नयाँ अनुहारहरुमा महिला नेतृत्वले पनि आफ्नो स्थान बनाउन सफल भएका छन् । पार्टीहरुले टिकट वितरणमा संबिधानको मर्म विपरित महिला नेतृत्वलाई स्थान नदिएको पिडा उहाँहरुमा छदैछ । तर, टिकट पाएका महिला नेतृहरुलाई मतदाताले विस्वास गरेको सहजै हेर्न सकिन्छ । धनुषा जिल्लामा पार्टीका टिकट पाएका उम्मेदवारहरुको भिडमा एमाले नेतृ जुलीकुमारी महतोले झण्डै १० हजारको फराकिलो अन्तरालमा पाँच दलिय गठबन्धबार उम्मेदबार अनिल कुमार झालाई पराजीत गरी धनुषा ३ मा जीत हासिल गर्नुभएको छ । उहाँलाई जितको स्वाद चाख्न पार्टीका समर्थक तथा जातीको जवरदस्त समर्थन भएपनि धनुषा ३ का महिलाहरुले उनको पक्षमा मतदान गरेकाले नै जित हासिल भएको विश्लेषकहरुको भनाई छ । अधिकांश मतदान केन्द्रमा पुरुष भन्दा बढी महिला मतदाताले मतदान गरेको धनुषा जिल्लाको ३ नं. क्षेत्रमा महिला नेतृत्वलाई महिलाले सहयोग गरेको देखिन्छ । यदी जुली महतोलाई अधिकांश महिलाहरुले मतदान गरेको छ भने पक्कै पनि यो महिला शसक्तिकरणको एक सुरुवात हो । भनिन्छ जसको सवाल उसको प्रतिनिधित्व । अहिले पनि पुरुषको तुलनामा महिलाहरु धेरै पछाडी रहेको हाम्रो समाजमा ४० वर्ष पछि मतदानबाट महिला निर्वाचित हुनु शुभ संकेत रहेको छ । यद्यपी चुनावको क्रममा भएको मतको किनबेच आफ्नो स्थानमा छदैछ । सम्पतीमा पुरुषको तुलनामा महिलाको अधिकार कम रहेको कारण चुनावमा महिला उम्मेदवार आर्थिक आभावको कारण हिम्मत नगर्नु विडम्बाना रहेको वर्तमान परिवेशमा आर्थिक सम्पन्नताका कारण महतोलाई चुनावमा खर्चगर्न अरुको मुख हेर्नुपरेन । माण्डवीले संचालन गरेको शि लिड्स परियोजना अन्तरगत निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्व विकास गरी समाजमा महिलाको नेतृत्व विकास गर्ने उद्देश्यलाई वर्तमान चुनावी परिणामले सहयोग गरेको जस्तो लाग्छ । धनुषा जिल्लामा पार्टीले टिकट दिएका महिलाहरु मध्ये मात्र जुलीकुमारी महतोले जित हासिल गर्नुभएको छ । त्यस्तै महोत्तरीमा पार्टीले टिकट दिएका महिला नेतृहरु दोस्रो कार्यकालका लागि प्रदेश सभामा निर्वाचित हुनुभएका छन् । साथै पार्टीले नप्रत्याएपछि आफुले गत पाँच वर्षमा प्रदेशसभा सदस्यको रुपमा क्षेत्रमा गरेको विकास निर्माणको कामको आधारमा बागी उम्मदेवारी दिएर स्वतन्त्र रुपमा महोत्तरी २ को ख बाट निर्वाचित हुनुभएका सुरिता साह हुन । प्रतिनिधिसभा र प्रदेशसभा २०७९ को चुनावमा नेपाल अधिराज्य भरिमा स्वतन्त्र रुपमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५ जना, प्रत्यक्षतर्फ प्रदेशसभामा मधेश प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १ जना गरि जम्मा १७ जना निर्वाचित भएको छ । स्वतन्त्र रुपमा निर्वाचित १७ जना मध्ये एकजना मात्र महिला उमेदवार प्रदेशसभा सदस्य पदमा सुरीता साह महोत्तरी निर्वाचन क्षेत्र नम्बर २÷ख बाट ८५६८ मत प्राप्त गरि विजय हुनुभएको छ । उहाँ महिला नेतृभएर विगतमा क्षेत्रमा गरेको कामको आधारमा बागी उम्मेदवारी दिनुभएको थियो । गठबन्धन र पार्टी नप्रत्याएका सुरितालाई महोत्तरीका २ को ख का मतदाताले पत्यार फेरी विकासको लागि महिला नेतृत्व स्विकारेका छन् । सुरिता साह संगै विगतमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली महिला नेतृ रानी शर्मा पनि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । पाँचदलिय गठबन्धनको तर्फबाट टिकट पाएकी शर्मालाई फेरी जनताले चुने । उहाँ संगै महोत्तरीकै क्षेत्र नं. १ को कबाट शारदा देवी थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँको कार्यको मुल्यांकन गरी महोत्तरी १ को क का जनताले निर्वाचित गरेका हुन । यसरी महोत्तरीका ३ जना महिला नेतृलाई चुनावमा जनताले दोस्रो कार्यकालका लागि प्रदेश सभामा छनोट गरेको र धनुषामा एक चौथाई सिटमा प्रतिनिधि सभाका लागि महिला नेतृत्व स्विकार गरेको पक्कै पनि महिला अधिकार र नेतृत्वको प्रतिस्प्रधामा शुभ संकेत देखिन्छ । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा माण्डवीले धनुषा र महोत्तरीको विभिन्न पालिकाहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धी विभिन्न चरणको प्रशिक्षण दिई महिला नेतृत्व सवल बनाउन गरिरहेको प्रयासका बिच भएको यो निर्वाचनमा धनुषा र महोत्तरीमा महिला नेतृत्वलाई संघ र प्रदेश सभाका लागि मतदाताले विश्वास गरी निर्वाचित गराउनु महिलाको नेतृत्वलाई अब पुरुष वर्गले स्विकार गर्न थालेको स्पष्ट देखिन्छ ।

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

6 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

6 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

7 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

7 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

7 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

7 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..