संसद्मा प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।काङ्ग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।मन्त्री कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाका सबै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गरेका छन ।’सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा छिट्टै गठबन्धनको बैठक बसेर अरु निर्णय गर्ने उनले उल्लेख गरे । 

गठबन्धन सरकारकाबारे सोधिएको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले भने, ‘कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेको छ । सत्ता गठबन्धनलाई अहिले जनताले अनुमोदन गरेका छन्। आगामी दिनमा मुलुकको स्थिरता र जनताले चाहेको विकास र समृद्धिका लागि देश त्यस दिशातर्फ अघि बढ्छ ।’महामन्त्री गगनकुमार थापाले आइतबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति गठन गरी आगामी बुधबारसम्म निर्णय आउने बताए ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी सभापतिले प्रतिनिधिसभाका सम्पूर्ण निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिँदै संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिनुभएको जानकारी दिए ।उनले काङ्ग्रेस संसद्मा ठूलो दलको हैसियत प्राप्त गरेको र गठबन्धनमा पनि फराकिलो अन्तर रहेकाले स्वभाविकरूपमा काङ्ग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने भए पनि यससम्बन्धी निर्णय गठबन्धनको बैठकबाट हुने बताए ।नेता डा. शेखर कोइरालाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकाले उसकै नेतृत्वमा गठबन्धन सरकार गठन हुनुपर्ने धारणा राखे ।

अर्का नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने जिकिर गरे । नेता एनपी साउदले पार्टी सभापतिकै नेतृत्वमा गठबन्धनले सफलता पाएकाले उनकै नेतृत्वमा प्रधानमन्त्रीमा सहमति हुने विश्वास व्यक्त गरे ।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।सबैभन्दा ठूलो दलको हैसियतमा काङ्ग्रेसले आफ्नै नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।साभार : कोसी अनलाइन

12 comments
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

1 दिन पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

1 दिन पहिले

अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन

जनकपुरधाम कार्तिक २३ गते । प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक..

1 दिन पहिले

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..

22 दिन पहिले

खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..

जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..

23 दिन पहिले

पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..

23 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..

जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..

1 महीना पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

2 महीना पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

2 महीना पहिले

संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..

जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..

3 महीना पहिले

मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..

  साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..

3 महीना पहिले

युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..

  काठमाडौँ । साउन १६ गते  राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..

3 महीना पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन

जनकपुरधाम कार्तिक २३ गते । प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक..