प्रधानमन्त्री देउवा दलको नेतामा पुन: विजयी
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज बिहान भएको मतदानमा उहाँले ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम एक मात्र प्रतिस्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ । सभापति देउवा ३९ मत अन्तरले विजयी हुनुभएको जानकारी निर्वाचन समितिले दिएको छ ।
प्रधानमन्त्री देउवा २०७४ को निर्वाचनपछि भएको संसदीय दलको नेता पदको निर्वाचनमा उहाँ विजयी हुनुभएको थियो । संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले बिहान ८:४५ बजेदेखि मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा र पार्टीका महामन्त्री र थापाले उम्मेदवारी दिनुभएको थियो । नेपाली कांग्रेसमा संसदीय दल र पार्टी सभापति पदमा स्वस्थ प्रतिस्पर्धा गर्ने परम्परा छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजय हासिल गरेको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको थियो ।
यसैगरी, महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएको छ । समितिले उम्मेदवारी दरखास्त दिन मङ्गलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।
कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।
प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।
सभापति देउवाको राजनीतिक यात्रा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ। समकालीन नेपालको संसदीय शासन प्रणालीमा २०४८ सालदेखि २०७९ सम्म लगातार उहाँ विजयी हुनुभएको छ। २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देउवा विजयी हुनुभएको हो।
उहाँ २०७९ असार २९ गते पाँचौँ पटक देशको प्रधानमन्त्री हुनुभएको हो । उहाँले पाँचौँ पटकसम्म देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भएर देशको शासनको बागडोर सञ्चालन गर्नुभएको छ।
देउवा नेपाली कांग्रेसको सभापति पदमा दोस्रो कार्यकालको नेतृत्व गरिरहँदा प्रतिनिधि सभा सदस्य सदस्यमा विजयी हुनुभएको हो। २०४८ सालको प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा उहाँ ४५ वर्षको हुनुहुन्थ्यो। त्यो जीतसँगै उहाँ गृहमन्त्री बन्नुभयो। त्यसपछि उहाँको राजनीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ।
उहाँ डडेलधुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुवा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएको हो। विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरेर करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनु एको छ।
पञ्चायतकालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल देउवा २०४८ यता निरन्तर निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्लाबाट निर्वाचित हुनुभयो।
त्यसैगरी, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेलधुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी हुनुभयो। वि.सं. २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुराबाटै विजयी हुनुभएको थियो। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता शीर्ष नेताबाट प्रशिक्षित देउवा पार्टी र गठबन्धनलाई लिएर यो पटक चुनावमा जानुभएको हो ।
वि.सं. २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्नुभयो। उहाँकै नेतृत्वमा सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रभावकारी विजय हासिल गरेर उहाँ गृहमन्त्री बन्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ। कानुनमा स्नातक उहाँले भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) बाट मानार्थ विद्यावारिधि (पिएचडी) प्राप्त गर्नुभएको छ।साभार : गोरखापत्र अनलाइन
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
11 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
11 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
16 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
29 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
30 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले