लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी
4 वर्ष पहिले प्रकाशित
Smrititimes
सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निष्पक्ष र स्वतन्त्र पत्रकारिता आजको आवश्यकता रहेको बताउनु भएको हो ।
शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयको विकाससँगै नेपाली पत्रकारिताले पनि फड्को मारेको बताउनु भयो ।
विकासको पर्खाइमा रहेको कर्णाली प्रदेशमा भएको यस साधारण सभाले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा आर्थिक गतिविधि बढाउन कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो ।

श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा,पत्रकारमैत्री ऐन कानुन निर्माण तथा कार्यान्वयन र न्यूनतम पारिश्रमिक निर्धारण तथा कार्यान्वयनमा सरकार तयार हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा भएका विभिन्न परिवर्तनमा चौथो अङ्गको महत्त्वपूर्ण भूमिका रहेको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, तर क्रियाशील श्रमजीवीको दैनिकी चल्न मुस्किल छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले मिडिया क्षेत्र खुम्चिएको छ । चौथो अङ्गको दायरालाई फराकिलो बनाउन सरकारको ध्यानाकर्षण हुन जरुरी छ।
साधारण सभाले क्रियाशील पत्रकारहरूको थप स्तरवृद्धि, निष्क्रिय पत्रकारलाई स–सम्मान बिदाइ गर्ने पक्षमा ठोस निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको विभिन्न विकासको संस्थागत गर्न पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले निभाउँदै आएको उल्लेखीय भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै विभिन्न सङ्गठनका प्रमुखहरुले साधारणले क्रियाशील पत्रकारहरूको हितलाई थप जोड दिने र निष्क्रिय सदस्यहरूलाई बिदाइ गर्ने ठोस निर्णय गर्न शुभकामना दिएका छन् । क्रियाशीलताका आधारमा मात्रै सदस्यता दिनु पर्नेमा सङ्गठनका प्रमुखहरूको जोड छ ।
नेपाल पत्रकार महांसघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले यस साधारण सभाले श्रमजीवी पत्रकारहरूको हितमा निर्णय गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी सबै पत्रकारलाई समेत धन्यवाद दिनुभयो । सुर्खेतमा आयोजित साधारण सभा ऐतिहासिक छ । यसले विशेष महत्त्व राख्दछ । विकासको पर्खाइमा रहेको कर्णालीमा महासङ्घको साधारण सभाले टेवा पुर्याउने अध्यक्ष पोखरेलको विश्वास छ ।

महासङ्घका महासचिव रोशन पुरीले नेपालमा रहेका १३ हजार १६ जना पत्रकार मध्ये करिब ७ सय ५० बढी केन्द्रिय परिषद् सदस्य साधारण सभामा सहभागी रहेको बताउनु भयो । उहाँका अनुसार ६७ वर्ष लामो इतिहास बोकेको महासङ्घले श्रमजीवी पत्रकारको पेशागत सुरक्षामा जोड दिने छ । उद्घाटन शत्र सकिए लगत्तै बन्द शत्र सुरु हुने भएको छ ।साभार : रेडियो नेपाल
नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाट
नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनको पूर्णपाठ:Speech4Patrakar_mahasangh_FinalDownload
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
11 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
11 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
3 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
4 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
4 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
16 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..
3 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
3 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
3 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
3 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..