लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी
4 वर्ष पहिले प्रकाशित
Smrititimes
सुर्खेत । राष्ट्रपति विधादेवी भण्डारीले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन तथा समाज रुपान्तरणका लागि सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि निष्पक्ष र स्वतन्त्र पत्रकारिता आजको आवश्यकता रहेको बताउनु भएको हो ।
शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयको विकाससँगै नेपाली पत्रकारिताले पनि फड्को मारेको बताउनु भयो ।
विकासको पर्खाइमा रहेको कर्णाली प्रदेशमा भएको यस साधारण सभाले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा आर्थिक गतिविधि बढाउन कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो ।

श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा,पत्रकारमैत्री ऐन कानुन निर्माण तथा कार्यान्वयन र न्यूनतम पारिश्रमिक निर्धारण तथा कार्यान्वयनमा सरकार तयार हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा भएका विभिन्न परिवर्तनमा चौथो अङ्गको महत्त्वपूर्ण भूमिका रहेको छ । राष्ट्रपति भण्डारीले भन्नुभयो, तर क्रियाशील श्रमजीवीको दैनिकी चल्न मुस्किल छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले मिडिया क्षेत्र खुम्चिएको छ । चौथो अङ्गको दायरालाई फराकिलो बनाउन सरकारको ध्यानाकर्षण हुन जरुरी छ।
साधारण सभाले क्रियाशील पत्रकारहरूको थप स्तरवृद्धि, निष्क्रिय पत्रकारलाई स–सम्मान बिदाइ गर्ने पक्षमा ठोस निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकको विभिन्न विकासको संस्थागत गर्न पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले निभाउँदै आएको उल्लेखीय भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै विभिन्न सङ्गठनका प्रमुखहरुले साधारणले क्रियाशील पत्रकारहरूको हितलाई थप जोड दिने र निष्क्रिय सदस्यहरूलाई बिदाइ गर्ने ठोस निर्णय गर्न शुभकामना दिएका छन् । क्रियाशीलताका आधारमा मात्रै सदस्यता दिनु पर्नेमा सङ्गठनका प्रमुखहरूको जोड छ ।
नेपाल पत्रकार महांसघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले यस साधारण सभाले श्रमजीवी पत्रकारहरूको हितमा निर्णय गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी सबै पत्रकारलाई समेत धन्यवाद दिनुभयो । सुर्खेतमा आयोजित साधारण सभा ऐतिहासिक छ । यसले विशेष महत्त्व राख्दछ । विकासको पर्खाइमा रहेको कर्णालीमा महासङ्घको साधारण सभाले टेवा पुर्याउने अध्यक्ष पोखरेलको विश्वास छ ।

महासङ्घका महासचिव रोशन पुरीले नेपालमा रहेका १३ हजार १६ जना पत्रकार मध्ये करिब ७ सय ५० बढी केन्द्रिय परिषद् सदस्य साधारण सभामा सहभागी रहेको बताउनु भयो । उहाँका अनुसार ६७ वर्ष लामो इतिहास बोकेको महासङ्घले श्रमजीवी पत्रकारको पेशागत सुरक्षामा जोड दिने छ । उद्घाटन शत्र सकिए लगत्तै बन्द शत्र सुरु हुने भएको छ ।साभार : रेडियो नेपाल
नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाट
नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाको उद्घाटन सत्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनको पूर्णपाठ:Speech4Patrakar_mahasangh_FinalDownload
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..