माओवादीबाट उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ सिफारिस
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा मन्त्री हुनुहुने भएको छ । माओवादी केन्द्रको सोमबार बिहान पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुन् ।प्रवक्ता महराले भन्नुभयो, “आज पदाधिकारी बैठक बस्यौँ । आजै माओको जन्मदिन आजै नवनियुक्त प्रधानमन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ ग्रहण हुनेछ ।” बैठकमा समसामयिक राजनीतिक परिस्थितिको व्याख्या एवम् विश्लेषण भएको उहाँ बताउनुहुन्छ ।नेपाली काँग्रेससँगको गठबन्धन जोगाउन हिजो आइतबार मध्यान्ह १२ बजेसम्म पर्खेको तर, पूर्व समझदारी अनुसार प्रधानमन्त्री र राष्ट्रपति दुवै पद माओवादीलाई नदिने भएपछि सात वटा दलसँग समझदारी भएको उहाँको भनाइ छ । “पहिला भएको समझदारी अनुसार प्रधानमन्त्री, राष्ट्रपति नदिने भएपछि सात वटा पार्टीको बीचमा समझदारी भएर प्रधानमन्त्री हामीले लियौँ”, महराले जोड्नुभयो । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष प्रचण्डलाई बधाई दिनुभएको जानकारी उहाँले दिनुभयो ।नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । आजै सानो मन्त्रिमण्डल विस्तार हुने महराले बताउनुभयो ।साभार : गोरखापत्र अनलाइन
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
8 दिन पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
8 दिन पहिले
“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा
जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..
19 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
28 दिन पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
28 दिन पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
30 दिन पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..
1 महीना पहिले
नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..
जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..
1 महीना पहिले
एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..
जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..
1 महीना पहिले