आन्तरिक गृहकार्यमा दल
4 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुर। नयाँ सत्ता समीकरणसहित गठन भएको सङ्घीय सरकारको प्रभाव मधेश प्रदेश सरकार गठनमा पर्ने भएको छ। मधेश प्रदेशमा सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग सामान्य बहुमत पुगेको छ। प्रदेशमा सत्ता घटक नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल बनेको छ। सत्ता घटककै अर्को जनता समाजवादी पार्टी (जसपा) तेस्रो दल बनेको भए पनि गठबन्धनको हिसाबले दोस्रो दल हो। प्रत्यक्ष र समानु्पातिक गरी एमालेले २३ र जसपा १६ सिट प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनभित्रकै जनमत पार्टीको १३, नेकपा माओवादी केन्द्रको आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ। सङ्घमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशमा प्रतिनिधित्व छैन। सङ्घीय सरकारमा सहभागी राजनीतिक दलको मधेश प्रदेशमा ६२ सिट पुगेको छ। मधेश प्रदेशमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सभा सदस्य छन्। यहाँ सरकार बनाउन कम्तीमा ५४ सिट आवश्यक पर्छ। सत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ। स्वतन्त्रबाट छ जनाले जितेका छन्। अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्टहरूले अधिकांशले स्वतन्त्रबाट जितेका हुन्। सरकारमा उनीहरू सहभागी हुने अनुमान गरिएको छ।प्रतिपक्षी भूमिकामा जाने निश्चित देखिएको दोस्रो दल नेपाली कांग्रेस २२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ र नेकपा (एकीकृत समाजवादी) ले सात सिट प्राप्त गरेका छन्। सत्ता गठबन्धनलाई प्रदेशमा सरकार बनाउन न्यूनतमभन्दा बढी सिट पुगेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन। प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता छान्न सकेका छैन। प्रदेश सभा सचिवालयले यही पुस १५ गते शुक्रबार प्रदेश सभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो। संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ।नेकपा (एमाले) मधेश प्रदेशका सहइन्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा प्रदेश सरकार नेतृत्वको टुङ्गो लगाउने जानकारी दिनुभयो। एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उहाँले बताउनुभयो। यता सरकार नेतृत्वको सम्भावना बढेको हुँदा एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकाङ्क्षी थपिँदै गएका छन्। प्याकुरेलले भन्नुभयो, “एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारु, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकाङ्क्षी हुनुहुन्छ। सिनियर र अनुभवीमध्येबाट चुनिने सम्भावना छ।” जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आकलन पनि गरिएको छ। जसपामा पनि आकाङ्क्षीको बढेका छन्। जसपामा लालबाबु राउत, सरोजकुमार यादव, मनीषकुमार सुमन, रामअशिस यादव दलको नेता बन्न इच्छुक रहनुभएको छ। दलको नेता छान्न यही पुस १४ बिहीबार बैठक बस्ने तय भएको जसपाका प्रदेश सभा सदस्य सुमनले जानकारी दिनुभयो। जनमतमा पनि सतीशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायतका सभा सदस्य दलका नेताका लागि आकाङ्क्षी रहनुभएको छ। दलको नेता छान्न सकस देखिएपछि सोको जिम्मेवारी पार्टी अध्यक्ष डा. सीके राउतलाई दिइएको छ। प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न एक समिति नै गठन गरिसकेको छ। अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन्। साभार : गोरखापत्र अनलाइन
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..