कांग्रेस जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची हो : महर
4 वर्ष पहिले प्रकाशित
Smrititimes
कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन् । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता महरले मुलुकमा सधैँ अप्ठ्यारो पर्दा कांग्रेसले नै निकास दिने भएकाले कांग्रेस नै जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची भएको बताए ।‘गठबन्धन गरेर चुनावमा जानु प्रतिउत्पादक हुन्छ भनेर मलगायत केही नेताले भनेका थियौं । तर, तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन र संघीयताको रक्षा गर्नै पर्ने बाध्यता कांग्रेससामू थियो । त्यसैले हामीले प्रतिउत्पादक हुन्छ भन्ने जान्दाजान्दै पनि गठबन्धन गर्यौं । यो मुलुकको हितका लागि थियो,’ उनले भने । त्यसपछि सिर्जित अवस्थाका बारेमा कांग्रेस केन्द्रीय समिति बैठकमा गहन छलफल हुने उनले प्रस्ट पारे ।उनले नेपालमा लोकतन्त्रको एकमात्र पर्यायवाची कांग्रेसमात्रै हो भन्ने लोको र स्लोगनलाई थुत्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अब रुपान्तरित र समय सापेक्ष पार्टी आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल भइ गति निर्धारण हुने बताए ।आफूसमेत नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संस्थापक अध्यक्ष रहेको स्मरण गर्दै महरले भने, ‘रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, कान्तिपुरलगायत थुप्रै स्थानीय पत्रपत्रिकामा पनि आफैँ सम्पादक भएर मैले काम गरे । हामी रातभर पत्रिका प्रकाशन गर्थ्यौ । दोस्रो, तेस्रो दिन लगायर पत्रिका डडेल्धुराबाट महेन्द्रनगर पुग्दा खबर बासी भइसकेको हुन्थ्यो । त्यो समय अहिले परिवर्तन भएको छ । अहिले आफ्नो प्रभावकारिता देखाउन अब्बल साथीहरू तयार भइसक्नुभएको छ । यसमा धेरै खुसी लागेको छ ।’ पार्टी र संगठनभित्र असामञ्जस्यता हुने भए पनि त्यसको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने महरले धारणा राखे।उनले कांग्रेसलाई कसरी सशसक्त बनाउने भनेर प्रेस युनियनलगायत सबै भ्रातृ संस्थाहरू आ(आफ्नै दायीत्व हुने बताए । ‘सरकार जहिले पनि जनताप्रति अनुत्तरदायी र निरंकुस हुने प्रयास गर्छ । त्यो समयमा लोकतन्त्रमा विश्वास राख्ने पत्रकारको कलमले निरंकुस सत्तालाई नियन्त्रणमा राख्ने प्रयास गर्छ । र, सत्ता समाजको रुपान्तरणतर्फ लाग्छ,’ महरले भने।समाजभित्र उठेका थुप्रै विषयलाई जस्ताको त्यस्तै पस्केर पत्रकारले समाज परिवर्तन चाहिरहेको नजीरलाई भुल्न नहुने उनको तर्क छ। महरले कम्युनिस्टहरूलाई प्रजातान्त्रिकीकरण गर्ने दायित्व पनि पत्रकार र प्रेस युनियनकर्मीहरूको बढी रहेको बताए । नेपाली राजनीतिमा सत्ताश्वार्थमा कमुनिस्टहरू बढी रम्ने आरोप लगाउँदै महरले उनीहरूको कम्युनिस्ट मुकुन्डो उघ्रिने क्रममा रहेको बताए ।पत्रकारको अधिकारको लागि कानुन बन्ने क्रममा रहेको बताउँदै महरले यतिबेला पत्रकारमैत्री अधिकार निर्माणका लागि पत्रकारहरूको पनि सहभागीता रहनुपर्ने बताए ।साभार : न्युज कारखाना
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..