जसपा सरकारबाट बाहिर ! यादव भन्छन्- भागबण्डामा हामीलाई उपेक्षा गरियो

4 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा आफूहरूले चित्तबुझ्दो भाग नपाएको भन्दै जनता समाजवादी पार्टी असन्तुष्ट बनेको छ । आफ्नो पार्टी अहिले सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई सरकारमा उपेक्षा गर्न खोजिएको गुनासो गरे । हिजो बसेको सत्तारुढ दलहरूको बैठकले आफूहरूलाई सम्मानित व्यवहार नगरिएको उनको भनाइ छ ।‘अब सबै प्रचण्डमाथि निर्भर छ,’ यादवले भने, ‘हामीसँग कुनै समझदारी भएको छैन । तत्काल हामी सरकारमा सहभागी हुँदैनौ ।’हिजोको बैठकमा जसपालाई दुईवटा मन्त्रालय दिने अफर गरिएको थियो । त्यो पनि अरूले रोजेर बाँकी बसेको मन्त्रालय दिन खोजिएको यादवले बताए ।उनले थपे, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राजनीतिक नियुक्तिहरू, संवैधानिक नियुक्तिहरू लगायतका विषयमा छलफल हुनुपर्‍यो,। प्याकेजमै सहमति हुनुपर्‍यो भन्ने हाम्रो माग हो । दोस्रो कुरा मन्त्रालयको बाँडफाँटमा पनि जसपालाई उपेक्षा गर्ने काम भयो । त्यसैले जसपा कसैको टाङमुनि छिरेर सरकारमा जाँदैन ।’हिजोको बैठकमा यादवले राप्रपा बराबर तीनवटा मन्त्रालय पाउनुपर्ने माग गरेका थिए । साथै, उपराष्ट्रपति लगायतका संवैधानिक पदहरूमा पनि आफूहरूलाई भाग दिनुपर्ने उनको माग थियो । तर, नेताहरू त्यसमा सहमत नभएपछि यादव असन्तुष्ट भएर हिँडेका थिए ।यदि सरकारमा सहभागी हुन नपाए प्रचण्डलाई दिएको समर्थन जसपाले फिर्ता लिन्छ ? भन्ने प्रश्नमा यादवले भने, ‘त्यतातिर अहिले हामी नजाऊँ ? अहिले हामी सरकारमा जाने अवस्था रहेन, कुरा यत्ति हो । हामीलाई यसमा दुख पनि छैन ।’सरकारमा जाने ढोका पूर्णरुपमा बन्द भने नभएको उनले बताए ।साभार : नेपाल प्रेस

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

1 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

1 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

2 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

2 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

7 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

18 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

20 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

21 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

26 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

28 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..