प्रदेश प्रमुख मिश्रद्वारा मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा आज पेश गर्नुभएको छ ।मधेश प्रदेश सभाको बैठकमा पेश गरिएको प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, उद्योग, पर्यटनका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिइएको छ ।प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको समग्र विकासका लागि सिँचाइ, यान्त्रिकीकरण, उन्नत प्रविधिका साथै उत्पादित कृषिको प्रशोधन तथा बजारीकरणमा जोड दिइएको छ । यसका साथै किसानहरूलाई निःशुल्क कृषि विद्युत् मिटर जडान गर्दै भूमिगत सिँचाइमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।यसका साथै मधेश प्रदेशका विभिन्न पर्यटकीय स्थलको विकास तथा सौन्दर्यीकरणमा विशेष जोड दिँदै बाराको गढीमाइको विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रदेश प्रमुखले पेश गर्नुभएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।नीति तथा कार्यक्रममा शौर्य ऊर्जाको पर्याप्त सम्भावना भएकाले शौर्य ऊर्जामा विशेष जोड दिने भएको छ ।यसका साथै प्रदेशका सबै सडकको किनार खाली जग्गा वृक्षारोपण अभियानमा तीव्रता दिने मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । यसका लागि प्रदेशमा नर्सरी विकासमा जोड दिई बिरुवा उत्पादन गरिने भएको छ ।यसका साथै प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेशमा उत्कृष्ट कामकाज गर्ने पत्रकारलाई वर्षेनी पुरस्कृत गर्नुका साथै एफ एम रेडियोको संरक्षणका लागि पनि कार्यक्रम ल्याइने भएको छ ।साभार : रेडियो नेपाल

12 comments
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

5 घन्टा पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

5 घन्टा पहिले

अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन

जनकपुरधाम कार्तिक २३ गते । प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक..

5 घन्टा पहिले

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..

21 दिन पहिले

खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..

जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..

22 दिन पहिले

पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई

जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..

22 दिन पहिले

मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..

जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..

1 महीना पहिले

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..

बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..

2 महीना पहिले

राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..

जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..

2 महीना पहिले

संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..

जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..

3 महीना पहिले

मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..

  साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..

3 महीना पहिले

युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..

  काठमाडौँ । साउन १६ गते  राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..

3 महीना पहिले

अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन

जनकपुरधाम कार्तिक २३ गते । प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक..

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..