सदस्यता वितरण सहज बनाउँदै कांग्रेस, महामन्त्री गगन थापाले गरे यस्तो घोषणा
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं - कांग्रेस महामन्त्री गगन थापाले असार १ गतेदेखि अनलाइनबाट सदस्यता वितरण गर्ने जानकारी दिएका छन् ।बिहीबार कांग्रेस धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता अनलाइनमार्फत् वितरण गर्ने व्यवस्था गरिने बताएका हुन् । उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै प्राप्त गर्न सकिने पनि जानकारी दिए ।पार्टीभित्रको गुट भत्काउन पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लैजानुपर्ने महामन्त्री थापाको भनाइ छ । त्यसक्रममा उनले देश परिवर्तनका लागि सुरुमा आफ्नै पार्टी सुध्रिन जरुरी रहेको बताए ।कांग्रेस सुधार्नको निम्ति गुट भत्काउन आवश्यक रहेको कुरालाई उनले कार्यकर्तामाझ विशेष जोड दिएका थिए । उनले भदौमा हुने नीति महाधिवेशनबाट कांग्रेसमा धेरै सुधार हुने विश्वास पनि दिलाए ।नेपाली कांग्रेसमा साधारण सदस्य बन्न निकै झन्झट छ । परम्परागत र ढर्रावादी शैलीका कारण चाहेर पनि धेरैले कांग्रेसको सदस्य लिन सक्दैनन् ।त्यसमाथि कांग्रेसको सदस्य बन्न सिफारिस आवश्यक पर्ने, आफू निकटबाहेक अरुलाई फारम भर्न नदिने प्रवृत्तिका कारण कांग्रेसप्रति मोह कम हुँदै गएको छ ।कांग्रेसले हाल आफ्नो साधारण सदस्य साढे नौ लाख रहेको जनाएको छ । तर यो एक वर्षको बीचमा झन्डै एक लाख साधारण सदस्य घटेको अनुमान गरिएको छ । उनीहरू धेरै राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलमा आबद्ध भएका छन् ।त्यसैले अहिले आफ्ना साधारण सदस्य र भोटर टिकाइराख्न कांग्रेसले पनि अनलाइनबाटै सदस्यता वितरण गर्ने नीति लिएको छ । धेरैअघिदेखि अनलाइन प्रणालीमा जाने घोषणा गरेको कांग्रेसले त्यसलाई अघि बढाउन सकेको थिएन । पछिल्लो समय सबै दलले सदस्यता वितरण प्रणालीलाई लचिलो बनाएका छन् ।कांग्रेसले पनि समयअनुसार आफूलाई परिमार्जन गर्न लागेको हो । कांग्रेसमा युवा नेता थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि पार्टीमा सुधार गर्न थालिएको हो ।साभार : मिडिया डबली
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..