सदस्यता वितरण सहज बनाउँदै कांग्रेस, महामन्त्री गगन थापाले गरे यस्तो घोषणा
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं - कांग्रेस महामन्त्री गगन थापाले असार १ गतेदेखि अनलाइनबाट सदस्यता वितरण गर्ने जानकारी दिएका छन् ।बिहीबार कांग्रेस धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता अनलाइनमार्फत् वितरण गर्ने व्यवस्था गरिने बताएका हुन् । उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै प्राप्त गर्न सकिने पनि जानकारी दिए ।पार्टीभित्रको गुट भत्काउन पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लैजानुपर्ने महामन्त्री थापाको भनाइ छ । त्यसक्रममा उनले देश परिवर्तनका लागि सुरुमा आफ्नै पार्टी सुध्रिन जरुरी रहेको बताए ।कांग्रेस सुधार्नको निम्ति गुट भत्काउन आवश्यक रहेको कुरालाई उनले कार्यकर्तामाझ विशेष जोड दिएका थिए । उनले भदौमा हुने नीति महाधिवेशनबाट कांग्रेसमा धेरै सुधार हुने विश्वास पनि दिलाए ।नेपाली कांग्रेसमा साधारण सदस्य बन्न निकै झन्झट छ । परम्परागत र ढर्रावादी शैलीका कारण चाहेर पनि धेरैले कांग्रेसको सदस्य लिन सक्दैनन् ।त्यसमाथि कांग्रेसको सदस्य बन्न सिफारिस आवश्यक पर्ने, आफू निकटबाहेक अरुलाई फारम भर्न नदिने प्रवृत्तिका कारण कांग्रेसप्रति मोह कम हुँदै गएको छ ।कांग्रेसले हाल आफ्नो साधारण सदस्य साढे नौ लाख रहेको जनाएको छ । तर यो एक वर्षको बीचमा झन्डै एक लाख साधारण सदस्य घटेको अनुमान गरिएको छ । उनीहरू धेरै राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलमा आबद्ध भएका छन् ।त्यसैले अहिले आफ्ना साधारण सदस्य र भोटर टिकाइराख्न कांग्रेसले पनि अनलाइनबाटै सदस्यता वितरण गर्ने नीति लिएको छ । धेरैअघिदेखि अनलाइन प्रणालीमा जाने घोषणा गरेको कांग्रेसले त्यसलाई अघि बढाउन सकेको थिएन । पछिल्लो समय सबै दलले सदस्यता वितरण प्रणालीलाई लचिलो बनाएका छन् ।कांग्रेसले पनि समयअनुसार आफूलाई परिमार्जन गर्न लागेको हो । कांग्रेसमा युवा नेता थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि पार्टीमा सुधार गर्न थालिएको हो ।साभार : मिडिया डबली
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
2 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
15 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
16 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
2 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
2 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
28 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
28 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले